News Category 2070/05/10
चन्द्र नहरको मर्मत कार्य नह“ुदा किसानलाई समस्या
दैनिक संवाददाता
राजविराज, ९ भदौ ।
करिब दुई महिनाअघि बाढीले भत्काईएको चन्द्र नहरको मर्मत सम्भार कार्य अझै हुन नसक्दाँ सो क्षेत्रका किसान मारमा परेका छन् ।
भत्केको लामो समयसम्म पनि कोसी पम्प चन्द्र नहर सिंचाई ब्यवस्थापन डिभिजन कार्यालय राजविराजले मर्मत सम्भारको काम शुरु नगर्दा किसानहरु सिचाँई सुविधाबाट बञ्चित हुँदै आएको छ ।
पौडा, सुन्दरी र महुली खोलाको बाढीले एक दर्जनभन्दा बढी ठाउँमा भत्काएको चन्द्रनहरलाई मर्मत गर्ने काम नहुँदा जिल्लाको साढे १० हजार हेक्टर जमीनमा सिंचाई सुविधा पु¥याउन समस्या भईरहेको किसानहरु बताउँछन् । महुली खोलाको बाढीले मैनाकडेरी गाविसमा मात्रै चार ठाउँमा भत्काएको छ भने अन्य दर्जनबढी ठाउँमा पनि नहरलाई क्षति पु¥याएको छ ।
बाढीले दर्जनबढी ठाउँमा भत्काएपछि मर्मत सम्भार नगरिंदा पाँच हजार हेक्टर जमीनमा सिंचाई सुविधा पु¥याउन नसकेको चन्द्रनहर सिंचाई जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण महात्मानले बताउनुभयो ।
पटक पटक मौखिक तथा लिखित रुपमा डिभिजन कार्यालयमा मर्मत सम्भारकोलागि जानकारी गराउँदा पनि कुनै पहल हुन नसकेको संस्थाका अध्यक्ष महात्मानको गुनासो छ । यता कोसी पम्न चन्द्रनहर ब्यवस्थापन डिभिजन कार्यालय राजविराजका डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद दासले बाढीले भत्काएको ठाउँमा मर्मत सम्भार गर्नकालागि ७१ लाखको स्टीमेट पेश गरेपनि विभागले नै कुनै ध्यान नदिएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
- 2082/11/13 आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै
- 2082/11/13 फागुन १८ गते साँझ ७ बजेदेखी मदिरामा रोक, निर्वाचनको दिन बिहान ५ बजेदेखी ७ बजेसम्म यातायात बन्द
- 2082/11/13 विगतमा जनतासँग गरेको वाचा पुरा गर्न आफ्नो उम्मेदवारी ः दिनेश यादव
- 2082/11/12 सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी
- 2082/11/12 बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
- 2082/11/12 दिदी घर जान्छु भन्दै हिडेका युवा पोखरीमा मृत फेला
- 2082/11/12 समाजसेवी दुगडको मृत्युपछि झिकियो आँखाको नानी
- 2082/11/12 सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने
- 2082/11/10 सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ