News Category 2070/05/11
चुनावी राजनीतिले मात्र मधेशीको अधिकार सुनिश्चित हुन नसक्ने ः अध्यक्ष यादव
दैनिक संवाददाता
राजविराज, १० भदौ ।
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष तथा पुर्व सञ्चारमन्त्री राजकिशोर यादवले चुनावी राजनीतिले मात्र मधेश र मधेशीको अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभएको छ ।
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मधेशमा राजनीतिक संस्कारयुक्त बैचारिक क्रान्ति भएमात्र मधेश र मधेशीको अधिकार सुनिश्चित हुने बताउनुभयो ।
आसन्न मंसीर ४ गतेको संबिधानसभाको निर्वाचनलाई सार्थक बनाउन सबै दलहरु इमान्दार बन्नुपर्ने बताउनुहुँदै मंसीर ४ को निर्वाचनलाई सार्थक निर्वाचन बनाउन सकिएमात्र अहिलेसम्म प्राप्त भएका उपलब्धीहरुको रक्षा हुन सक्ने भएकाले यसमा सबै दल इमान्दार बन्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘‘ आसन्न निर्वाचनको नाममा नौटंकी मात्र नहोस्, मंसीर ४ को निर्वाचनबाट सार्थक परिणाम निकाल्न दलहरु जिम्मेवार बन्नु जरुरी छ ।”
आसन्न निर्वाचनलाई आफुहरुले साध्य नभई एउटा साधनको रुपमा मात्र लिएकाले अध्यक्ष यादवको भनाई थियो ।
संबिधानसभामा बहस र छलफल गर्ने बिषय बस्तुको निर्वाचन अघि नै टुङगो लगाएर अघिल्लो संबिधानसभाबाट सम्पादन भएका सहमतिका बुँदाहरुको स्वामीत्व ग्रहण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिनुहुँदै पुर्व सञ्चारमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले त्यो हुन नसके अबको निर्वाचनबाट पनि सार्थक परिणाम नआउने दाबी गर्नुभयो ।
भेलामा फोरम गणतान्त्रिक सप्तरीका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित भेलामा फोरम गणतान्त्रिकका बरिष्ठ नेता राजलाल यादव, सो पार्टीका केन्द्रीय सदस्यहरु रामलाल सुतिहार, नरेन्द्र यादव, गंगाराम यादव, युवा फोरम गणतान्त्रिकका तेजनारायण यादव लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/19 सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
- 2082/02/19 लक्ष्मीको हत्या भएको परिवारको दाबी
- 2082/02/19 पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय शिक्षा आवश्यक ः मन्त्री सुडी
- 2082/02/19 पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ