News Category 2072/11/25
भव्य रुपमा महाशिवरात्री पर्व मनाईयो
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
महाशिवरात्रि पर्वको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि सप्तरीसहित मुलुकभरी विभिन्न कार्यक्रमको आयोजना गरी सोमबार मनाईएको छ ।
महाशिवरात्रि पर्वको अवसरमा सप्तरीको सदरमुकाम राजविराजस्थित शिव मन्दिरमा पुजाआजाको लागि बिहानैदेखि सयौ श्रद्धालु भक्तजनहरुको भिड लागेको थियो ।
जिल्लाको विभिन्न स्थानबाट सयौ श्रद्धालु भक्तजनहरु बिहानैदेखि दर्शन तथा पुजाआजा गर्न ठुलो भिड लागेको मन्दिर समितिले जनाएको छ ।
त्यस्तै राजविराज १ हटियाका युवाहरु कोशी ब्यारेजबाट जल ल्याई शिव मन्दिरमा जल रिसार गरेका छन ।
यसैगरी महाशिवरात्रिको अवसरमा जिल्लाको शम्भुनाथस्थित शम्भुनथा मन्दिरमा समेत ठुलो मेला प्रत्येक वर्ष झै यस वर्ष पनि आयोजना गरिएको थियो । त्यस भेगका विभिन्न गाविसका हजारौ श्रद्धालु भक्तजनहरुले सोमबार सो मन्दिरमा दर्शन तथा पुजाआजा गरेका छन ।
यस्तै जिल्लाको महदेवा गाविसस्थित महादेव मन्दिरमा समेत अन्य वर्ष झै यस वर्ष पनि ठुलो मेला सहित सयौ श्रद्धालु भक्तजनहरुले महाशिवरात्रि पर्वमा जल रिसार तथा पुजाआजा गरेका छन् ।
यस्तै जिल्लाको बरही बिरपुर गाविसस्थित महाविर चौक, विरपुरको भोलेनाथ मन्दिर, रम्पुरा मल्हनियाको कुनौली बोर्डरस्थित महादेव मन्दिर, लालापटी गाविसस्थित लालेश्वरनाथ मन्दिर लगायतका जिल्लाको विभिन्न मठ मन्दिरहरु महाशिवरात्रि पर्वको अवसरमा पुजाआजा तथा दर्शन गरेको छ ।
यस्तै राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा सामुदायिक सेवा मंच लगायतका विभिन्न सघ संस्थाहरुले श्रद्धालु भक्तजनहरुको लागि निःशुल्क फुल, बेलपत्र र जलको व्यवस्था मिलाएको मंचका अध्यक्ष बिनोद कुमार यादवले जानकारी दिनुभयो ।
त्यसैगरी प्रत्येक वर्ष झै यस वर्ष पनि ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजमा समेत विभिन्न कार्यक्रमको आयोजना गरी महाशिवरात्रि पर्व मनाएको छ । सोही अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा ५० फिटको शिवलिङ्ग तयार पार्नुका साथै बृहत याली प्रदर्शन लगायतका विभिन्न कार्यक्रम गरी मनाईएको ब्रहमाकुमारी राजयोग सेवा केन्द्रकी भगवति दिदीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ