News Category 2072/11/25
भव्य रुपमा महाशिवरात्री पर्व मनाईयो
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
महाशिवरात्रि पर्वको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि सप्तरीसहित मुलुकभरी विभिन्न कार्यक्रमको आयोजना गरी सोमबार मनाईएको छ ।
महाशिवरात्रि पर्वको अवसरमा सप्तरीको सदरमुकाम राजविराजस्थित शिव मन्दिरमा पुजाआजाको लागि बिहानैदेखि सयौ श्रद्धालु भक्तजनहरुको भिड लागेको थियो ।
जिल्लाको विभिन्न स्थानबाट सयौ श्रद्धालु भक्तजनहरु बिहानैदेखि दर्शन तथा पुजाआजा गर्न ठुलो भिड लागेको मन्दिर समितिले जनाएको छ ।
त्यस्तै राजविराज १ हटियाका युवाहरु कोशी ब्यारेजबाट जल ल्याई शिव मन्दिरमा जल रिसार गरेका छन ।
यसैगरी महाशिवरात्रिको अवसरमा जिल्लाको शम्भुनाथस्थित शम्भुनथा मन्दिरमा समेत ठुलो मेला प्रत्येक वर्ष झै यस वर्ष पनि आयोजना गरिएको थियो । त्यस भेगका विभिन्न गाविसका हजारौ श्रद्धालु भक्तजनहरुले सोमबार सो मन्दिरमा दर्शन तथा पुजाआजा गरेका छन ।
यस्तै जिल्लाको महदेवा गाविसस्थित महादेव मन्दिरमा समेत अन्य वर्ष झै यस वर्ष पनि ठुलो मेला सहित सयौ श्रद्धालु भक्तजनहरुले महाशिवरात्रि पर्वमा जल रिसार तथा पुजाआजा गरेका छन् ।
यस्तै जिल्लाको बरही बिरपुर गाविसस्थित महाविर चौक, विरपुरको भोलेनाथ मन्दिर, रम्पुरा मल्हनियाको कुनौली बोर्डरस्थित महादेव मन्दिर, लालापटी गाविसस्थित लालेश्वरनाथ मन्दिर लगायतका जिल्लाको विभिन्न मठ मन्दिरहरु महाशिवरात्रि पर्वको अवसरमा पुजाआजा तथा दर्शन गरेको छ ।
यस्तै राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा सामुदायिक सेवा मंच लगायतका विभिन्न सघ संस्थाहरुले श्रद्धालु भक्तजनहरुको लागि निःशुल्क फुल, बेलपत्र र जलको व्यवस्था मिलाएको मंचका अध्यक्ष बिनोद कुमार यादवले जानकारी दिनुभयो ।
त्यसैगरी प्रत्येक वर्ष झै यस वर्ष पनि ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजमा समेत विभिन्न कार्यक्रमको आयोजना गरी महाशिवरात्रि पर्व मनाएको छ । सोही अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा ५० फिटको शिवलिङ्ग तयार पार्नुका साथै बृहत याली प्रदर्शन लगायतका विभिन्न कार्यक्रम गरी मनाईएको ब्रहमाकुमारी राजयोग सेवा केन्द्रकी भगवति दिदीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ