News Category 2072/11/25

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ फागुन । 
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुर गाविस ८ मा सोमबार बिहान पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ झ ५८५१ नम्बरको यात्रुबाहक बसको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको हो । 
सो ठक्करबाट रायपुर ८ का १८ वर्षिय मो. मजहाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सोही ठक्करबाट साइकल पछाडी सवार नाम नखुलेको अर्को व्यक्ति घाइते भएका छन् । 
ठक्करबाट टाउँकोमा गम्भिर चोट लागेपछि उनलाई राजविराजस्थित गजेन्द्र नाराययण सिंह सगरमाथा अंचल अस्पताल लगेपछि त्यहा चिकित्सकहरुको उनलाई मृत घोषित गरेका थिए । यता ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा राखेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट