News Category 2072/11/26
संविधान सुधारौं र व्यवहारमा उतारौं, भन्ने नाराका साथ सप्तरीमा नारी दिवस मनाइयो
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
“संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं” भन्ने मूल नाराका साथ मंगलबार मुलुकभर नारी दिवस मनाइरहँदा सप्तरीमा भने छुट्टै नाराका साथ नारी दिवस मनाइएको छ ।
जारि संविधानप्रति असन्तुष्टि जनाइरहेको तथा विगत सात महिनादेखी आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग आवद्ध मधेशी महिला मोर्चा सप्तरीले “संविधान सुधारौं र व्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं” भन्ने मूल नाराका साथ नारी दिवस मनाएका छन् ।
१०६औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार सप्तरी सदरमुकाम राजविराजमा मूल समारोह समिति सप्तरीको आयोजनमा मधेशी महिला मोर्चा सप्तरीको पहलमा सो नारासहित “महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरौं,” भन्दै मधेशी महिलाहरु ¥यालीमा सहभागि थिए ।
स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निकालिएको ¥याली नगर परिक्रमा पश्चात् जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा सभामा परिणत भएको थियो । महिला तथा बालबालिका कार्यालयकी अधिकृत चन्द्रकला श्रेष्ठको अध्यक्षता तथा निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम कुमार उपाध्यायको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय कुमार झा, अन्तर पार्टी महिला संजालकी अध्यक्ष पुनम यादव, महिला नेतृ रमिला साह लगायतकाहरुले महिलाहरुको सम्मान अधिकार सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा स्वागत गित अनिता चौधरी र स्वागत मन्तव्य सुशिला चौधरीले ब्यक्त गरेकी थिईन भने कार्यक्रममा दहेज प्रथा सम्बन्धित जनचेतना मुलक नाटक छिन्नमस्ता एफएमका कलाकारहरु विद्ययानन्द वेदर्दी, विजेता देव, मोहन कुमार यादव लगायतकाहरुले प्रस्तुत गर्नुभएको थियो ।
यता महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको कार्यक्रममा मञ्चीय कार्यक्रमसँगै म्युजिकल चेयरमा प्रथम भएका र उत्कृष्ट दुई महिला सहकारी तथा एसएलसीमा प्रथम भएका एक जना छात्र र एक जना छात्रालाई पुरस्कृत गरिएको थियो ।
यसअघि मधेशी मोर्चा सप्तरीले “संविधानलाई व्यवहारमा उतारौं” भन्ने नाराप्रति असन्तुष्टि जनाउँदै जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन समेत बुझाएको मोर्चाका सप्तरी संयोजक गजेन्द्र कुमार मण्डलले बताउनुभयो । ज्ञापनपत्र बुझाएपछि स्थानिय स्तरमै नारालाई समायोजन गरि “संविधान सुधारौं र व्यवहारमा उतारौं” राखिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ