News Category 2070/05/12
स्थानियहरु जुटे सडक मर्मतमा
दैनिक संवाददाता
राजविराज, ११ भदौं ।
सरकारी निकायले बाटो मर्मतमा कुनै चासो नदेखाएपछि स्थानियहरु सप्तरीको कठौना–पातो सडक मर्मतका जुटेका छन् ।
जिल्ला विकास समिति र सडक बिभाग लगायतका सरकारी निकायले बिगत दुई महिनादेखि अबरुद्ध उक्त सडकको मर्मत कार्यमा स्थानियहरु जुटेका हुन् ।
स्थानियहरुले स्थानियस्तरमा चन्दा संकलन गरेरै बाटो मर्मत गर्न अग्रसर भएको सप्तरीको औरही गाविसका महेन्द्र सदाले जानकारी दिनुभयो ।
सरकारी पक्षले बिग्रिएको बाटो मर्मतमा कुनै पहल नगरेकोले बाध्य भएर सो क्षेत्रका स्थानियहरु श्रमदान गरेरै बाटो मर्मतमा जुटेको बताउँदै सदाले भन्नुभयो–‘‘करिब दुई महिनाअघि भएको बर्षाले सडकमा खाँल्डा खुल्डी अनाएपछि यातायात अबरुद्ध भएको हो ।”
सडक जिर्ण भएर यातायातका साधन बन्द भएको उक्त सडकको मर्मत कार्यका लागि पटक पटक सम्बन्धित निकायहरुमा धाउँदा समेत कुनै सुनुवाई नभएपछि स्थानियहरु आफै अघि बढेको सदाको भनाई थियो ।
चन्दा संकलन गरेर बाटोको मर्मत गर्ने कार्य जारी राखेको र एक दुई दिनभित्रै सडक मर्मत कार्य सम्पन्न हुने स्थानियहरुले बताएका छन् ।
कठौनादेखि पातो सम्मको करिब २५ किलो मिटरको सडकको सयौ स्थानमा खाँल्डो खुल्डो र भत्किएका कारण गत असार महिनादेखि सो सडकमा यातायात बन्द भएका छन् ।
यातायात बन्द हुँदा दैनिक उपभोग्य समानहरु ओसार पोसारमा समस्या हुनुको साथै सो क्षेत्रका करिब एक दर्जन भन्दा बढी गाविसका यात्रुहरु पिडीत बन्दै आएका छन् ।
पुर्वपश्चिम राजमार्गदेखि भारतीय सिमा क्षेत्रसम्म जोडिएको उक्त सडकमा यातायातका साधनहरु सुचारु नहुँदा समान आयात निर्यातमा समस्या हुँदै आएको सो क्षेत्रका व्यापारीहरुले बताएका छन् ।
बाटो बिग्रिएका कारण साईकल र मोटरसाईकल बाहेक अन्य कुनै पनि सवारी साधन नचल्दाँ यात्रुहरु पैदल यात्रा गर्न बाध्य छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ