News Category 2072/12/01
बालविवाह तथा दहेज प्रथा उन्मुलन गर्नुपर्ने सामुहिक प्रतिवद्धता
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
मिथिलाबाट बालविवाह तथा दहेज प्रथा उन्मुलन गर्नुपर्ने सामुहिक प्रतिवद्धता एक कार्यक्रममा सहभागिहरुले जनाएका छन ।
सप्तरीको राजबिराजस्थित राजरंगशलाको प्राङ्गणमा नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा सक्षम वालिका समृद्ध नेपाल नाराका साथ “नेपाल बालिका सम्मेलन २०७२“ बालबालिकाका विषयमा अन्तरपुस्ता सम्बाद कार्यक्रममा सहभागीहरुले सो प्रतिबद्धता जनाएका हुन ।
सो कार्यक्रममा बाल विवाह तथा दाईजो प्रथालाई उन्मुलनका लागि स्थानीय पत्रपत्रिका, टेलिभिजन र रडियोको माध्यमबाट विभिन्न कार्यक्रम गर्दै आउनुभएका कलाकार सप्तरी निवासी भोरुकवा एफमएका प्रसिद्ध हास्य कलाकार जिवछ दासले छोरा र छोरीमाथि भेदभाव नगरी दहेज लिनु र दिने प्रति सरोकारबालाहरुको ध्यानाकर्षण गराउनुका साथै सहभागिहरुलाई विभिन्न पशुपंक्षीको आवाजबाट चेतना फैलाउनुभएको थियो ।
कान्तिपुर रेडियोकर्मी रुपा झाद्वारा संचालित सो कार्यक्रममा श्याम सुन्दर शशिले बालविवाह तथा दहेज प्रथा उन्मुलनको सम्बन्धनमा सचेतना दिनुभएको थियो । त्यस्तै शिव इन्टरनेशनल इङलिस बोर्डिङ्ग स्कुलका छात्रछात्राहरुद्वारा विभिन्न सांँस्कृतिक नाचगान तथा स्थानीय कलाकार सोनु कुमार मण्डलले गित गाएकी थिइन् ।
भोर नामक संस्थाका अध्यक्ष राज कुमार महतोको अध्यक्षतामा आयोजित सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत जनक कोईराला, डिएसपी दान बहादुर कार्की, संचारकर्मी वैजनाथ झा, मनोहर पोखरेल, महिला तथा बालबालिका कार्यालय प्रमुख चन्द्रकला श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो ।
संस्थाले मधेशका १५ वटा जिल्लाहरुमा बाल विवाह तथा दहेज प्रथा उन्मुलन सम्बन्धि जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको छ ।
बाल विवाह र दाईजो प्रथा उन्मुलनको सद्भाव दुत सप्तरी निवासी डा. सि.के सिंहले विगत दुई वर्षदेखि बाल विवाह तथा देहज प्रथा उन्मुलन गर्नका लागि कार्यरत हुनुहुन्छ । साथै नेपाल सरकारद्वारा सन २०३० सम्ममा बाल विवाह तथा दहेज प्रथालाई उन्मुलन गर्ने लक्ष्य राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/07 निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
- 2082/11/07 नेजपाको फरक शैलीमा चुनावी अभियान
- 2082/11/07 प्रजातन्त्र दिवसमा प्रभातफेरी
- 2082/11/06 मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
- 2082/11/06 आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
- 2082/11/06 चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
- 2082/11/05 क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
- 2082/11/05 एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
- 2082/11/05 आम जनता पार्टीका उम्मेदवार दासले जनाधिकार पार्टीलाई दिए समर्थन
- 2082/11/05 निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ