News Category 2072/12/01
शम्भुनाथ नगरपालिकाको तेश्रो नगर परिषद् सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
सप्तरीको शम्भुनाथ नगरपालिकाको आइतबार तेश्रो नगर परिषद् सम्पन्न भएको छ ।
१७ हजार ६ सय ३५ पुरुषहरुको तथा १६ हजार ९ सय २४ महिलाहरुको जनसंख्या रहेको उक्त नगरपालिकाको परिषद्को उद्घाटन सिंचाई मन्त्री उमेश यादवले पानसमा बत्ति बाली गर्नुभएको छ ।
सम्पन्न परिषद्मा आर्थिक वर्ष ०७३÷०७४ का लागी २ करोड ९१ लख २५ हजार बराबरको अनुमानित बजेट पारित गरिएको छ ।
नगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत संजिव न्यौपानेले ६ हजार ३ सय ५० घर परिवार रहेका नगरका लागी समपुरक कोष १ करोड, योजना ब्यवस्थापन खर्च शिर्षकमा ३ लाख ४८ हजार, भवन निर्माण तर्फ शर्त सहित ७५ लाख, यसैगरी, बालबालिका तर्फ १६ लाख ९१ हजार ५ सय ५० रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी, महिलाका लागी ११ लाख २७ हजार ७ सय रुपैयाँ बराबरको अनुमानित बजेट पेश गरिएको छ भने अन्य लक्षित वर्गका लागी १६ लाख ९१ ह्जार ५ सय ५०, आ.सा. तथा भा.पू.वि. कार्यक्रमका लागी ५६ लाख ५९ हजार ७ सय २० र प्रवर्धनात्मक बिकास कार्यक्रमका लागी ११ लाख ६ हजार ४ सय अस्सी रुपैयाँ बराबरको बजेट पेश गरिएको थियो ।
नगर प्रमुख न्यौपानेको अध्यक्षतामा आयोजित तथा सामाजिक परिचालक हेम नारायण दासले कार्यक्रम संचालन गरेको सो कार्यक्रममा प्रमुख अतिथी मन्त्री यादवले सिंचाईमा सरकारले ब्यापक लगानी गरेता पनी अपेक्षाकृत परिणाम आउँन नसकेकोमा सो तर्फ सबैको ध्यानाकर्षण गराउनु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ