News Category 2072/12/15
छुट्टाछुट्टै आगलागीमा करिब ७५ लाखको क्षति
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
सप्तरीको दुई छुट्टाछुट्टै गाविसमा भएको आगलागीमा करिब ७५ लाखको क्षति भएको छ ।
सप्तरीको बनौली गाविसमा आगलागी हुँदा पाँच परिवार घर जलेर लाखौको धनमाल क्षति भएको हो ।
बनौली गाविस वडा न. १ निवासी जोखन चौधरीको घरमा बालिएको टुकिबाट आगलागी हुँदा चौधरी सहित छिमेकीहरु राम कुमार चौधरी, विजय कुमार चौधरी, रबि लाल चौधरी र शोभानन्द चौधरी सहितको एक दर्जन घर तथा घरमा रहेका नगद, गरगहना, लत्ताकपडा, भाडाकुडाँ सहित जलेर नष्ट हुँदा करिब २५ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यसैगरी सप्तरीकै मधुपट्टी गाविस–५ मा आगलागी हुँदा रु ५० लाख मूल्य बराबरको क्षति भएको छ ।
स्थानीय प्रमानन्द चौधरीको गुहाली घरमा लामखुट्टे धपाउन बालिएको घुरबाट अचानक सल्केको आगोले निजका तीनवटा घर र छिमेकी जग्नु चौधरी, सोना चौधरी तथा रोशन चौधरीको एक÷एक गरी छ घर जलेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र नगद जिन्सी गरि रु ५० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागी भएको ठाउँमा बाटो घाटोको राम्रो सुविधा नभएकाले ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।
यता आगलागी स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ