News Category 2070/02/28
भ्रमणलाई पञ्चायती कदमको संज्ञा
दैनिक संवाददाता
राजविराज, २७ जेठ ।
सप्तरीका राजनीतिक दलका नेताहरुले पूर्व राजा ज्ञानेन्द्र शाहको सप्तरी भ्रमणलाई जनता गुमराह बनाउने पञ्चायती कदमको संज्ञा दिएका छन् ।
करिब डेढ दर्जन राजनीतिक दलका जिल्लास्तरीय नेताले सोमबार संयुक्त बिज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले बिभिन्न शक्तिपीठ तथा मठमन्दिरमा दर्शनको बहानामा आफ्नो राजनीतिक भ्रमण गरेको ठहर समेत गरेका छन् ।
एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, मधेशी जनअधिकार फोरम नेपाल, फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, नेपाल लोकतान्त्रिक समाजवादी दल, सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, संघीय समाजवादी पार्टी, समाजवादी जनता पार्टी, नेकपा एकीकृत, संघीय सद्भावना पार्टी, नेकपा माले समाजवादी, नेमकिपा, राप्रपाका जिल्ला नेताहरुले जारी गरेको बिज्ञप्तीमा पूर्व राजाको प्रचार प्रसार गर्ने क्रममा ‘श्री ५ महाराजाधिराज सरकारको जय जय जय होस र २०४७ सालको संबिधान पुर्नस्थापना अभियान’ लेखिएकोप्रति भत्र्सना समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ