News Category 2072/12/23
परिक्षामा अमर्यादित क्रियाकलाप गरेका ६ जना निरीक्षक निष्काशित
दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
प्रवेशिका परीक्षाको चौथो दिन सोमबार सप्तरीबाट ६ जना निरीक्षक निष्काशित भएका छन् । जिल्लाको वभनगामाकट्टी परिक्षा केन्द्रबाट चार तथा डिमन परिक्षा केन्द्रबाट दुई जना निष्काशनमा परेका छन् ।
परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेका वभनगामाकट्ी परीक्षा केन्द्रबाट निरीक्षकहरु सुरेन्द्र प्रसाद यादव, अविनाश यादव, प्रविण कुमार दास र विजय कुमार यादव र मावि डिमन परीक्षा केन्द्रबाट बिनोद कुमार मण्डल र सरोज कुमार यादवलाई निष्काशन गरिएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।
लबैशाखको शुरुमा महाभुकम्प र ६ महिनाको मधेश आन्दोलनका कारणले यस वर्ष जिल्लामा सामुदायिक विद्यालयका विद्यार्थीहरु पढाईबाट बञ्चित रहेका थिए । तर, त्यसपश्चात् पनि जिल्लामा शान्तिपुर्ण तरीकाबाट विद्यार्थीहरुले परीक्षा दिदै आएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।
यता परिक्षा सुरु भएको पहिलो, दोश्रो र तेश्रो दिन गरि सप्तरीको दुई परीक्षा केन्द्रबाट तीन जना तथा अर्को परिक्षा केन्द्रबाट दुई निरीक्षक निष्काशित भइसकेका छन् ।
अमर्यादित क्रियाकलाप गरेको भन्दै जिल्लाको टिकुलिया परीक्षा केन्द्रबाट निरिक्षक शिव दर्शन पासवान र कल्याणपुर परीक्षा केन्द्रबाट श्याम प्रसाद चौधरी र शिव कुमारी चौधरीलाई निष्काशित भएका छन् भने अमर्यादित क्रियाकलाप गरेको भन्दै जिल्लाको शम्भुनाथ नगरपालिकास्थित रामदयाल उमावि कचन्दाहा परीक्षा केन्द्रबाट निरिक्षक रामबाबु यादव र रोहित साहलाई निष्काशन गरिएको छ ।
यस्तै परिक्षाको तेश्रो दिन बसविट्टी गाविसस्थित जनता मावि केन्द्रबाट कार्यालय सहयोगि गुन्जेश्वर साहलाई परिक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै निष्काशित गरिएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।
यस वर्ष नियमित तर्फ ९ हजार १ सय २४ तथा एक्जामटेड तर्फ ६ हजार ७ सय ३० जना गरि कुल १५ हजार ८ सय ५४ जना परीक्षार्थीहरु एसएलसी परीक्षामा सहभागि भएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा १ हजार ५ सय ९३ बढी विद्यार्थीहरु परिक्षामा सहभागि भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ