News Category 2073/01/25
राज्यको शैक्षिक निकाय लगायतमा मातृभाषा राख्नु पर्ने विद्यार्थी मंचको माग
दैनिक समाचारदाता
राजविराज, २४ वैशाख ।
राज्यको शैक्षिक निकाय प्रतिष्ठान, स्कुल, क्याम्पसमा अध्ययन अध्यापनको भाषा मातृभाषा राख्नुपर्ने विद्यार्थी मंचले शुक्रबार माग गरेको छ ।
“देशभक्ति, लोकतन्त्र, संघवाद, समतावाद एवं विद्यार्थी एकता हमारा आदर्श है”ं भन्ने मुल नाराका साथ शुक्रबार राजविराजमा सदभावना पार्टीका भातृ संगठन विद्यार्थी मंच केन्द्रिय कार्य समितिको बिस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रमबाट राजनीतिक प्रस्ताव सार्वजनिक गर्दै सो माग गरिएको हो ।
त्यस्तै विद्यार्थीहरुको लागि शैक्षिक श्रृण उपलब्ध गर्नुपर्ने, मदरसाको सरकारीकरण गर्नुपर्ने तथा मदरसामा पढ्ने छात्र छात्राहरुको सरकारी विद्यालय सरहको मान्यता दिनुपर्ने, देश र मधेशमा रहेका सम्पुर्ण शैक्षिक संस्थाहरुमा रिसर्च सेन्टर राख्नुपर्ने, सरकारद्वारा लगाएको पाठयक्रममा मधेशी विर शहिदहरुको फोटो समावेश गर्नुपर्ने, उच्च शिक्षा अध्ययनको लागि मधेशी विद्यार्थीहरुको समान अवसर दिनुपर्ने, शैक्षिक वेरोजगारहरुको लागि रोजगारी भत्ताको व्यवस्था गर्नुपर्ने, विद्यार्थीहरुको लागि यातायात, मनोरंजन शुल्क सहितमा ५० प्रतिशत छुट दिनुपर्ने, सरकारी छात्रबृतिमा मधेशी, दलित, उत्पिडित तथा पिछडावर्गको विद्यार्थीहरुको लागि विशेष व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न ९ बुँदे मागहरु अघि सारीएको छ ।
विद्यार्थी मंचका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादवको अध्यक्षता तथा सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साहको प्रमुख आतिथ्यमा आयोजित सो प्रशिक्षण कार्यक्रममा पार्टीका वरिष्ठ नेता सत्य नारायण यादव, सद्भावना पार्टीका केन्द्रिय सदस्यद्वय बिशेश्वर रजक, दिपेन्द्र चौधरी, दिनेश कुमार यादव, मंचका पुर्व अध्यक्ष संतोष मेहता, पार्टीका जिल्ला सदस्य राजेश्वर प्रसाद राय, मंचका जिल्ला अध्यक्ष शम्भु कुमार यादव लगायतका बक्ताहरुले मधेशी विद्यार्थीहरुको राज्यको हरेक अंगमा सम्मान अधिकार सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थी मंच केन्द्रिय कार्य समितिको विस्तारीत बैठकमा देशको विभिन्न स्थानबाट करिब दुई दर्जन विद्यार्थीहरुको सहभागिता रहेको मंचका केन्द्रिय महासचिव चन्दन कुमार यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ