News Category 2073/01/28
गठबन्धनद्वारा बिरोधसभाको आयोजना
दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
संघीय गठबन्धनको पूर्व निर्धारित बिरोधका कार्यक्रम अनुसार सोमबार मधेशी मोर्चा सप्तरीले राजविराजमा बिरोधसभाको आयोजना गरेको छ ।
स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको बिरोध ¥याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै स्थानीय जनआन्दोलन चोकमा पुगी बिरोधसभामा परिणत भएको थियो । सो बिरोध ¥यालीमा मोर्चासँग आबद्व विभिन्न दलका नेता÷कार्यकर्ता सहभागी भएका थिए ।
बिरोधसभामा बोल्दै बक्ताहरुले यत्रो लामो आन्दोलन गर्दा पनि सरकार माग पूरा गर्न आलटाल गरिरहेको भन्दै अब हुने आन्दोलनले सरकारले घुँडा टेक्ने बताए । उनीहरुले अधिकार प्राप्तिका लागि हुने सिंहदरबार केन्द्रित आन्दोलनमा सहभागिता जनाउन सबैसँग आग्रह समेत गरे ।
मधेशी मोर्चाका जिल्ला संयोजक गजेन्द्र मण्डलको अध्यक्षता तथा सद्भावना पार्टीका केन्द्रिय उपाध्यक्ष नवलकिशोर साह रामबाबुको प्रमुख आतिथ्य एवं राष्ट्रिय मधेश सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष शेखर कुमार सिंहको विशिष्ट आतिथ्यमा आयोजित सो बिरोध सभामा तराई मधेश सदभावना पार्टीकी केन्द्रिय सदस्य बिनिता यादव, सदभावना पार्टीका सत्य नारायण यादव, सदभावना पार्टीका केन्द्रिय सदस्यहरु दिनेश कुमार यादव, दिपेन्द्र चौधरी, मोर्चाका नगर संयोजक उमेश साह, तमलोपाका जिल्ला सचिवद्वय वौवा लाल शर्मा, रविन्द्र कुमार मण्डल, संयुक्त मधेशी जनआन्दोलन परिचालन समितिका जयप्रकाश यादव, रामगमन साह, विद्यार्थी मंचका नेता जिवन कुमार यादव, सदभावना पार्टीका नगर अध्यक्ष अमरकान्त झा, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका कोषाध्यक्ष संजय कुमार मण्डलसहितका नेताले मन्तव्य व्यक्त गर्दै अबको आन्दोलनले आरपार हुने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
- 2082/08/17 स्थापना दिवसमा पुस्तक प्रदर्शनी
- 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
- 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
- 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
- 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
- 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
- 2082/08/14 सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ