News Category 2073/01/30
भाउजुले देवरको घाँटी थिचेर हत्या गरिन् ः प्रहरी अनुसन्धान
दैनिक समाचारदाता
राजविराज, २९ बैशाख ।
सप्तरी सदरमुकाम राजविराज ६ स्थित कल्भर्ट नजिक मंगलबार विहान भेटिएको नाबालकको शव पश्चात् प्रहरीले गरेको अनुसन्धानबाट नाबालकको हत्या भएको पुष्टि गरेको छ । जिल्लाको फकिरा गाविस वडा नं. ५ निवासी उमेश कुमार साहको ७ वर्षिय छोरा ७ प्रमोद कुमार साहलाई उनकै भाउजु २० वर्षिया संजिला देवी यादवले घाँटी थिचि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
मृतकका भाउजु संजिला देवी यादवले देवर प्रमोदलाई झगडा गरेको विषयमा झगडा नगर भनि गाली गर्दै घाँटीमा अठ्याएपछि प्रमोद गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
यता घाइते पश्चात् प्रमोद जिवित रहेमा सासु, ससुरा लगायत घर परिवारका सदस्यहरुलाई भन्ने र आफु घर परिवारबाट तिरस्कृत हुने डरले पुनः घाँटी थिची मारेको प्रहरीले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले जारि गरेको विज्ञप्तिमा प्रमोदको मृत्यु भइसके पश्चात् संजिलाले उनको लास सोमबार राती करिब ११ बजेसम्म घरको कोठामै राखेको र रातीकै समयमा नन्द हराएको बहाना गरी घरबाट बाहिर निस्केर राजविराज वडा नं. ६ पुल्चोकस्थित पक्की कल्भर्ट नजिक फ्यालेको उल्लखे गरिएको छ ।
लास बाहिर प्mयाली संजिला पुनः घर पुग्दा निजको बच्चा घरमा निंद्राबाट व्यूझेर रोएकोले छिमेकीले घरमा लगी राखेकोमा निज संजिलाले छिमेकीको घरबाट बच्चा लिएर राती घरमा नै सुतेको प्रहरी अनुसन्धानबाट खुल्न आएको जनाइएको छ ।
यता प्रहरीले संजिला देवि यादवलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रह्री नायक उपरिक्षक कार्कीले जानकारी दिनुभयो ।
यसअघि मृतक प्रमोद र निजको दिदि रन्जन कुमारी साह पढाईको सिलसिलामा राजविराज नगरपालिका वडा नं. ५ स्थित कृष्णनगरमा दाजु विनोद साह र भाउजु संजिलासँग सँगै बस्दै आएका थिए ।
बैशाख २८ गते दिउँसो दाजु विनोद साह विवाहको निम्तो मान्न भारतको सुपौल जिल्लाको निर्मली गएका थिए । मृतकको दिदि रंजन कुमारी साह साथीको जन्मदिन मनाउन सोही दिनको साँझ ८ बजे साथीको घर गएकी थिइन् ।
सो समयमा घरमा मृतक प्रमोद र भाउजु संजिला मात्र रहेकोमा सोही समय भाउजु संजिलाले देवर हराएको विषयमा ससुरा उमेश प्रसाद साहलाई फोन मार्पmत जानकारी गराएकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ