News Category 2073/01/30
भाउजुले देवरको घाँटी थिचेर हत्या गरिन् ः प्रहरी अनुसन्धान
दैनिक समाचारदाता
राजविराज, २९ बैशाख ।
सप्तरी सदरमुकाम राजविराज ६ स्थित कल्भर्ट नजिक मंगलबार विहान भेटिएको नाबालकको शव पश्चात् प्रहरीले गरेको अनुसन्धानबाट नाबालकको हत्या भएको पुष्टि गरेको छ । जिल्लाको फकिरा गाविस वडा नं. ५ निवासी उमेश कुमार साहको ७ वर्षिय छोरा ७ प्रमोद कुमार साहलाई उनकै भाउजु २० वर्षिया संजिला देवी यादवले घाँटी थिचि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
मृतकका भाउजु संजिला देवी यादवले देवर प्रमोदलाई झगडा गरेको विषयमा झगडा नगर भनि गाली गर्दै घाँटीमा अठ्याएपछि प्रमोद गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
यता घाइते पश्चात् प्रमोद जिवित रहेमा सासु, ससुरा लगायत घर परिवारका सदस्यहरुलाई भन्ने र आफु घर परिवारबाट तिरस्कृत हुने डरले पुनः घाँटी थिची मारेको प्रहरीले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले जारि गरेको विज्ञप्तिमा प्रमोदको मृत्यु भइसके पश्चात् संजिलाले उनको लास सोमबार राती करिब ११ बजेसम्म घरको कोठामै राखेको र रातीकै समयमा नन्द हराएको बहाना गरी घरबाट बाहिर निस्केर राजविराज वडा नं. ६ पुल्चोकस्थित पक्की कल्भर्ट नजिक फ्यालेको उल्लखे गरिएको छ ।
लास बाहिर प्mयाली संजिला पुनः घर पुग्दा निजको बच्चा घरमा निंद्राबाट व्यूझेर रोएकोले छिमेकीले घरमा लगी राखेकोमा निज संजिलाले छिमेकीको घरबाट बच्चा लिएर राती घरमा नै सुतेको प्रहरी अनुसन्धानबाट खुल्न आएको जनाइएको छ ।
यता प्रहरीले संजिला देवि यादवलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रह्री नायक उपरिक्षक कार्कीले जानकारी दिनुभयो ।
यसअघि मृतक प्रमोद र निजको दिदि रन्जन कुमारी साह पढाईको सिलसिलामा राजविराज नगरपालिका वडा नं. ५ स्थित कृष्णनगरमा दाजु विनोद साह र भाउजु संजिलासँग सँगै बस्दै आएका थिए ।
बैशाख २८ गते दिउँसो दाजु विनोद साह विवाहको निम्तो मान्न भारतको सुपौल जिल्लाको निर्मली गएका थिए । मृतकको दिदि रंजन कुमारी साह साथीको जन्मदिन मनाउन सोही दिनको साँझ ८ बजे साथीको घर गएकी थिइन् ।
सो समयमा घरमा मृतक प्रमोद र भाउजु संजिला मात्र रहेकोमा सोही समय भाउजु संजिलाले देवर हराएको विषयमा ससुरा उमेश प्रसाद साहलाई फोन मार्पmत जानकारी गराएकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
- 2082/08/17 स्थापना दिवसमा पुस्तक प्रदर्शनी
- 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
- 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
- 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
- 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
- 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
- 2082/08/14 सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ