News Category 2073/01/30
पुरानो सकाउनुस्, नयाँ लग्नुस् ः डिसिएम कुमार
दैनिक समाचारदाता
राजविराज, २९ बैशाख ।
नेपाल स्थित भारतीय दूतावासका डिसीएम विनय कुमारले सप्तरीमा अलपत्र परेको भारतीय सहयोगको पुराना योजनाहरुको काम सकाउनु सम्बन्धित पक्षसित आग्रह गर्नुभएको छ । उहाँले पुराना आयोजनाहरुको काम सम्पन्न नभएर नयाँ योजनाहरु भारतीय दूताबासले सप्तरीमा दिन नसक्ने बताउनुभयो ।
नेपाल–भारत मैत्री संघ र अर्बुद रोग निवारण संस्थाको संयुक्त आयोजनामा बुधवार राजविराजमा सुरु भएको ‘पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिबिर’को उद्घाटन गर्दै डीसीएम कुमारले यस्तो बताउनु भएको हो । ‘सम्झौता हुनु र समयमा काम नहुनुले नयाँ योजना उपलब्ध हुन सकेन’, उहाँले भन्नुभयो, ‘पुराना योजनाहको निर्माण कार्य सकिनासाथ नयाँ योजना उपलब्ध हुनेछ ।’
एक दशकअघिदेखी सप्तरीमा सञ्चालित मविब क्याम्पसको कन्या छात्रावास, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्रसुती कक्ष, विद्यालय भवन लगायतका योजनाहरुको काम पुरा हुन सकेको छन् ।
सप्तरी जिल्लामा संचालन भएका योजनाहरुको बारेमा जिल्लाका बिभिन्न क्षेत्रका सरोकारबालाहरुसँग आफूले छलफल गरेको बताउँदै उहाँले सबै मिलेर पुराना योजनाहरु समयमै पूरा गर्नुपर्नेमा जोड् दिनुभयो ।
शिविर उद्घाटन सत्रमा नेपाल भारत मैत्री संघका केन्द्रिय अध्यक्ष ओमप्रकाश सरावगीले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बनाउँदै लग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज कुमार मुन्धडाले जिल्लाको विकास निर्माण तथा नेपाल–भारत सम्बन्धबारे चर्चा गर्नुभएको थियो ।
उक्त अवसरमा साहित्यकार करुणा झाद्वारा हिन्दी भाषामा लिखित ‘जीवनपथ पर चलते चलते’ पुस्तकको बिनय कुमार सहितकाले विमोचन गर्नुभएको थियो ।
शिबिरमा २ सय ५० जना महिलाहरुको पाठेघर जाँच गरिएको आयोजकले जनाएको छ । शिबिरमा विपि कोईराला क्यान्सर अस्पतालका मेडिकल सुपरिटेन्डेड ईश्वर श्रेष्ठ न्यौपाने, प्रमूख जिल्ला अधिकारी बलदेव गौतमले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल भारत मैत्री संघ सप्तरीको आतिथ्यमा तथा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ