News Category 2073/02/03
२०२८ सालकै सर्वेक्षण अनुसार खाँडो नदी नियन्त्रण गर्न माग
दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
सार्वजनिक जग्गा भएर खाँडो नदीको निकास गरे सयौ किसानहरुको घरबार बिहिन हुने आइतबार पत्रकार सम्मलन गरि जानकारी दिइएको छ ।
मधेशी पत्रकार समाजको कार्यालयमा आईतबार आयोजित पत्रकार सम्मेलनमा खाँडो नदी संघर्ष समिति तिलाठीका संयोजक राम लखन यादवले हालै सरकारले टेन्डर मार्फत खाँडो नदी नियन्त्रणका लागि योजना बनाएपछि नदी नियन्त्रणको नाउँमा नम्बरी जग्गा समेत पर्ने भएकोले सो कार्य नगर्न नराउन आग्रह गर्नुभएको छ ।
उहाँले खाँडो नदी नियन्त्रणका लागि वि.स.२०२८ सालमा भएको सर्वेक्षण अनुसार नै सो कार्य गर्न सरकार तथा सिंचाई मन्त्रालयलाई अवगत गराउनुभएको छ । सोही पत्रकार सम्मेलनमा संयोजक यादवले अहिलेको योजना अनुसार खाँडो नदी नियन्त्रण गर्न कार्य शुरु गरे, सयौ परिवारको हजार भन्दा बढी विगहा जमिन नदीमा पर्ने जानकारी दिनुभयो ।
हाल उक्त टेन्डर मार्फतमा खाँडो नदी नियन्त्रणको लागि बृहत कार्य योजना बनाएको तथा खाँडो नदीको मुहान लौनियादेखि दशगज्जासम्म झण्डै २ सय मिटर देखि ५ सय मिटरसम्म फराकिलो बाटो सम्मको योजना कार्य सरकारी पक्षले ठेकेदार कम्पनीलाई जिम्मा लगाएको उहााले जानकारी दिनुभयो । यस्तै यसबारे राज्य गम्भिर नभए संघर्ष गर्नु बाहेकको अन्य विकल्प नरहेको उहाँले बताउनुभयो ।
यसैबिच तिलाठी गाविसस्थित खाँडो नदी नियन्त्रणका लागि स्थानीयबासीहरुको भेलाले २३ सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ ।
स्थानीय राम लखन यादवको संयोजकत्वमा गठित संघर्ष समितिको सदस्यहरुमा क्रमश ललित नारायण झा, अमिर झा, शैलेन्द्र झा, निरज झा, सतिश चन्द्र मिश्र, कुपानन्द झा, देव नारायण यादव, सतिश चन्द्र झा, लक्ष्मी नारायण ठाकुर, त्रिभुवन मिश्र, उदित नारायण मिश्र, अजित कुमार मिश्र पप्पु, सुनिल कुमार मिश्र, अतिश कुमार झा, रतन कुमार मिश्र, मिथलेश झा, चन्दन कुमार झा, शिवानन्द झा, शम्भुनाथ मिश्र, नवनित झा र रंजित कुमार झा रहेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ