News Category 2073/02/04
“विद्यालयमा बेन्च, डेस्क, टेबुल, ट्युवेल र शौचालय मात्र छैन्”
दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
न त ट्युवेल छ, न त शौचालय, यस्तो अवस्था रहेको छ, सप्तरीको नर्घो गाविस १ स्थित सन्यासी राष्ट्रिय प्राथमिक विद्यालयको ।
सरकारले बर्षेनी शिक्षामा अर्बौ खर्बौको लगानी गरेपनि सो सामुदायिक विद्यालयको अवस्था अझै दयनिय रहेको छ । वि.स. २०६३ सालमा स्थापना भएको उक्त विद्यालयमा करिब १ सय जना बालबालिकाहरु अध्ययनरत रहेका छन् । विद्यालयमा चार कोठे दुई वटा भवन रहेपनि विद्यालयमा न त बेन्च, डेस्क, टेबुल नै छ, न त खानेपानीका लागि टयुवेल नै, न त शौचालय नै ।
खानेपानीको ट्युवेल विग्रेको महिनौ बितिसक्दा पनि अहिले सम्म विद्यालय प्रशासनले कुनै चासो देखाएको छैन्, न त सम्बन्धित निकायले नैं । विद्यालयमा खानेपानी ट्युवेल नहुँदा त्यहाँ अध्ययनरत बालबालिकाहरु आ–आप्mनो घरमा कक्षा छाडेर पानी खान जानुपर्ने अवस्था रहेको विद्यार्थीहरुले बताएका छन् ।
सरकारले सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षाको लागि बर्षेनी लार्खौ रकम दिएपनि सो रकम विद्यालयका प्रअ तथा विद्यालय व्यवस्थापन समितिको गोजीमा जाने गरेको आरोप समेत स्थानीयबासीहरुले लगाउँदै आएका छन् । पढ्ने बेलामा पानी खान मन भएपछि कक्षा छोडेर घरमा गएर पानी खानुपरेको कक्षा ५ मा अध्ययनरत एक बालिका राधा कुमारी मण्डलले बताइन् ।
त्यस्तै नेपाल सरकारले सन् २०१७ सम्ममा नेपाललाई तथा सन २०१६ सम्ममा सप्तरी जिल्लालाई खुल्ःला दिसा मुक्त घोषणा गर्ने लक्ष्य लिएपनि सो विद्यालयमा अझै शौचालय रहेको छैन ।
विद्यालयमा शौचालय नहुँदा विद्यालयका बालबालिकाहरु विद्यालय नजिकैको बाँसघारीमा गएर दिसा पिसाब फेर्न गरेका छन् ।
विद्यालयमा एक वर्ष अगाडी नै जिल्ला शिक्षा कार्यालयले शौचालय निर्माणको लागि ४ लाख रकम बिनियोजित गरेपनि हालसम्म सो विद्यालयमा शौचालय निर्माण हुन नसकेका कारणले त्यहाँ अध्यनरत बालबालिकाहरु खुल्ला ठाउँमै गएर दिसा पिसाब फेर्न बाध्य छन् । त्यस्तै विद्यालयमा शौचालय नहुँदा विद्यालयका शिक्षक तथा शिक्षिकाहरु समेत खुल्ला ठाउँमै गएर दिसा पिसाव गर्ने गरेको स्थानीयबासीहरु बताउँछन् ।
विद्यालयमा शौचालय बनाउन पठाएको रकम विद्यालयकै खातामै जम्मा रहेको सो विद्यालयका प्रअ बेचन यादवले जानकारी दिनुभयो । प्रअ यादवले विद्यालय बाहिर खानेपानी ट्युवेल रहेको तर सो ट्युवेल चोरी भएको बताउनुभयो । यस्तै उहाँले जिल्ला शिक्षा कार्यालयले शौचालय निर्माणका लागि चार लाख छुट्याएको भन्दै हाल दुई लाख रकम मात्र खातामा आएकोले बाँकी रकम आउने बित्तिकै शौचालय निर्माण कार्य शुरु गर्ने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ