News Category 2073/02/05
बालुवाटार घेर्ने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप दुई दर्जन बढी आन्दोलनकारी घाइते
दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
संघिय गठबन्धनले घेराऊ कार्यक्रम अन्तर्गत मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवाटार घेराऊ गरेका छन् ।
विहान १० बजे देखि ५ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा मधेशी मोर्चा तथा संघिय गठबन्धनका कार्यकर्ताहरुले घेराऊ गर्दा सो क्षेत्रको सवारी साधार ठप्प भएको थियो ।
यसै क्रममा आन्दोलनकारी माथि प्रहरीले लाठी प्रहार गर्दा दर्जनौं कार्यकर्ताहरु गम्भीर घाइते भएका छन् । घाइतेहरु उपचारका लागि अस्पताल लगिएको छ ।
प्रदर्शनकारीहरुलाई बाटोमै रोक लगाएपछि निषेधाज्ञा तोडेका थिए । यता, सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् ।
आन्दोलनकारीले अन्य दिनको तुलनामा सुरक्षाकर्मी बढी आक्रामक भई धर्नामा बसेकाहरूमाथि बल प्रयोग गरेको बताएका छन् । प्रहरीले भने प्रदर्शनकारीले निषेधित क्षेत्र तोडी अघि बढ्न खोज्दा तिनलाई पछि धकेलिएको र सो क्रममा एक प्रहरी सामान्य घाइते भएको बताएको छ ।
यसैगरी, गठबन्धनका शीर्ष नेताहरु सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्ण, तराई मधेश सद्भावना पार्टी नेपालकी उपाध्यक्ष रानी शर्मा तिवारी, रञ्जित गोसामी लगायत घाइते भएको गठबन्धनमा आबद्ध दल सङ्घीय समाजवादी फोरम नेपालका दुर्गा सुवेदीले जानकारी दिनुभयो ।
गठबन्धनले आइतबार र सोमबार माइतीघर मण्डल र हनुमानस्थानमा दिनभरि धर्ना दिई विरोध प्रदर्शन गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा संवेदनशीलता दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कसपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटाको १०० मिसम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मि र नेपाल राष्ट्र बैंक बालुवाटार चोकदेखि पूर्व १०० मिसम्म निषेधित क्षेत्र तोकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ