News Category 2073/02/05
आर्ट अफ गिभिङ्गको तेस्रो वार्षिक उत्सव कंचनरुपमा मनाइयो
दैनिक समाचारदाता
कञ्चनरुप, ४ जेठ ।
नेपाली स्टुडेण्ट अफ किट युनिभरसिटि, इण्डिया र किट युनिभरसिटि भुवनेश्वर उडिसाको आयोजनमा मंगलबार आर्ट अफ गिभिङ्गको तेस्रो वार्षिक उत्सवको अवसरमा विश्व भर एकैसाथ नेपालमा पनि पहिलो पटक विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका ५ स्थित सर्वोदय उमाविको प्राङ्गनमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्यको आसन्नबाट बोल्दै सशस्त्र प्रहरी दन्तकाली गण बरमझियाका गणपति जनक बोहराले साना बालबालिकालाई शिक्षाको क्षेत्रमा उकास्न सबैको ध्यान जानु पर्ने आवश्यक रहेको बताउनुभयो ।
सर्वोदय उमाविका व्यवस्थापन समितिका अध्यक्ष मन्नु कुमार पासवानको अध्यक्षतामा आयोजित कार्यक्रममा कंचनरुप नगरपालिकाका नगर विकास अध्यक्ष ललन प्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका कार्यवाहक अध्यक्ष श्रवण कुमार देव, समाज सेवी विकास पन्त, तिर्थराज उपाध्याय लगायतकाले अहिले शिक्षा क्षेत्र बिग्रदो गएको अवस्थाप्रति चिन्ता ब्यतm गर्नुभयो ।
कार्यक्रममा हाजरी जवाफ, निवन्ध, चित्रकाला, रुवि क्यु प्रतियोगिताको समेत आयोजना गरेको थियो । हाजरी जवाफमा ईन्टर नेशल लंकि बोडिङ्ग स्कुल कंचनपुर प्रथम, डेफोडिल बोडिङ्ग स्कुल कंचनपुर दोस्रो, रोयल ईङलिस स्कुल भारदह तेस्रो र शंकर उमावि रुपनगर चौथो भएका थिए ।
निवन्ध अग्रेजिमा राजाजि ईगलीश स्कुल घोघनपुरका महेश यादव प्रथम, बाल वोधकि रिया यादव दोस्रो, पिसएन्जलका जिवन चौधरी तेस्रो भए । नेपाली निवन्धमा रोयलका प्रविन कुमार यादव प्रथम, मदरल्याण्डका ललित महतो दोस्रो, शंकर उमाविकि सुस्मीता महतो तेस्रो भईन ।
त्यस्तै चित्रकलामा रोयलकी अन्जनी कुमारी यादव प्रथम, राजाजिकी श्वेता चौधरी दोस्रो, भृकुटि माविकि सुस्मिता लेखि तेस्रो भईन । रुवि क्युमा ईन्टर नेशनल प्रथम, मदरल्याण्ड दोस्रो र रोयल तेस्रो भए ।
सो कार्यक्रममा कञ्चनरुप नगरपालिका र नगर विकास अध्यक्ष ललन प्रसाद गुप्ताले आर्थिक सहयोग गरेका थिए भने धन्यवाद ज्ञापन ईभेन्ट मेनेजर रोशन गुप्ताले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ