News Category 2073/02/06
विदेशबाट फर्केका सप्तरीका युवक काठमाडौंबाटै वेपत्ता
दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।
विदेशबाट फर्केका सप्तरीका एक युवक काठमाडौंको एक गेष्ट हाउसबाटै वेपत्ता भएका छन् ।
सप्तरीको बनौली गाविस ८ निवासी ३३ वर्षिय योगेन्द्र राम गत चैत २४ गते काठमाडौंको गौशालास्थित राम जानकी गेष्ठ हाउसबाट घर नआइकन वेपत्ता भएको परिवारजनले जानकारी दिएका छन् ।
राजविराजमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि रामका बुबा नन्दी रामले सो कुराको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नन्दीरामले छोरा योगेन्द्र कतारबाट चैत २२ गते राती ११ काठमाडौं एयरपोर्टमा ओर्लेको र सोही राती गौशालास्थित राम जानकी गेष्ट हाउस गएको बताउनुभयो ।
योगेन्द्रसँगै सिरहाको नहरा गाविसका राम नारायण ठाकुर र सिरहाकै गोलबजारका रघु सदा समेत कतारबाट आएर सोही गेष्ट हाउसमा सँगै बसेको उहाँले जानकारी दिनुभयो । उनीहरु तीनै जना सो गेस्ट हाउसमा चैत २२ गतेसम्म वास बसेका थिए ।
यता सिरहाका ठाकुर र सदा दुबै जना सो गेष्ठ हाउसबाट चैत २३ गते साँझ आ–आफ्नो घर तर्फ लागेको जानकारी दिँदै नन्दीरामले छोरा योगेन्द्र सोही गेष्ट हाउसमा थप एक दिन वास बसेको बताउनुभयो ।
एक हप्तासम्म पनि छोरा घर नफर्केपछि नन्दीरामले सँगै कतारबाट आएका छोराका दुबै साथीहरुसँग सोधपुछ गर्दा योगेन्द्र सोही गेष्ट हाउसमा बसिरहेको बताएपछि उहाँ काठमाडौं पुगेको जानकारी दिनुभयो ।
काठमाडौं पुगेर नन्दीरामले रामजानकी गेष्ट हाउसका संचालकसँग सोधपुछ गरेपछि छोरा योगेन्द्र चैत २४ गते बिहान ट्याक्सिमा आएकी बच्चासहितकी एक महिलासँग गएको जानकारी दिएका थिए ।
नन्दीरामले छोराको मोबाइलमा पटक पटक सम्पर्क गर्दा पनि मोबाइल अफ रहेको जानकारी दिँदै चैत २३ पश्चात् हालसम्म छोराको कुनै जानकारी नआएपछि बाध्य भई पत्रकार सम्मेलन मार्फत सम्बन्धित निकायलाई छोराको अवस्था पत्ता लगाइदिन आग्रह समेत गर्नुभयो ।
यता योगेन्द्रका साथीहरुले कतारमा रहँदा एक महिलाले योगेन्द्रसँग फेसबुक मार्फत दिनहुँ जसो कुरा गरिरहने जानकारी दिएका छन् ।
सोही पत्रकार सम्मेलनमा छोरा विदेशमा रहँदा एक महिलाले आफ्नो बुहारीलाई पटक पटक फोन गरेर हालसमाचार बुझिरहेको जानकारी समेत दिनुभयो । तर, अहिले महिलाले गर्ने मोबाइल नम्बरमा सम्पर्क गर्न खोज्दा अरु कसैले मोबाइल उठाउने गरेकोले आफू झन चिन्तित बनेको भावुक हुँदै भन्नुभयो ।
वेपत्ता भएका योगेन्द्र करिब ८ वर्षदेखी कतारस्थित रेताज कतार टे«डिङ कम्पनीमा कार्पेन्टरको जागिर गर्दै आइरहेका छन् । उनको एक श्रीमती र दुई छोरा रहेका छन् । करिब डेढ वर्षपछि योगेन्द्र नेपाल फर्केका हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
- 2082/08/17 स्थापना दिवसमा पुस्तक प्रदर्शनी
- 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
- 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
- 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
- 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
- 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
- 2082/08/14 सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ