News Category 2073/02/06
पत्रकार महासंघद्वारा जिल्लाको सुरक्षाको अवस्था चुस्त दुरुस्त बनाउन आग्रह
दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार तथा कान्तिपुर दैनिनकका पत्रकार जितेन्द्र खड्गाको बिषयमा भारतीय संचार माध्यमहरुमा आएको समाचारप्रति सप्तरी शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवण देवले बुधवार विज्ञप्ती जारी गर्दै उक्त विषयप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । पत्रकार खड्गाको ज्यानमार्ने नियतले भारतीय अपराधीहरु खड्गाको गाउँ पोर्ताहा नजिकै भारदह आएर तीन दिनसम्म बसेको र संयोगवश खड्गा बाहिर रहेका कारण ती अपराधीहरु भारततर्फ गइरहेको अवस्थामा भारतको कर्जाइनबाट पक्राउ परेको घट्ना सार्वजनिक भएको थियो ।
‘यो घट्नाले हामी सम्पूर्ण संचारकर्मीलाई झस्काउनुका साथै त्रसित बनाएको छ, पत्रकार खड्गाका अनुसार कसैसँग कुनै रिसइबी समेत नभएको अवस्थामा अपराधीहरु उनैलाई मार्न आएको भनी भारतीय प्रहरी समक्ष बताउनुले संचारकर्मीहरुलाई चिन्तित बनाउनु स्वभाविक हो’, महासंघको विज्ञप्तीमा भनिएको छ, ‘अर्काे कुरा भारतीय अपराधीहरु हतियारसहित तीन दिनसम्म आएर सप्तरी जिल्लामा बस्नुले सुरक्षाको अवस्था कमजोर रहेको दर्साउँछ ।’
‘पत्रकार खड्गालाई के कारणले ?, कुन नियतले भारतीय अपराधीहरु यहाँ मार्न आएका थिए ? यसको वास्तविक तथ्य बाहिर आउनुको साथै उनीहरुलाई शरण दिने कुनै स्थानीय व्यक्ति समेत हुन सक्ने कुरालाई नकार्न सकिन्न’, विज्ञप्तीमा भनिएको छ, ‘तसर्थ भारतीय अपराधीहरुले दिएको बयान र उनीहरुले गर्न आएको घटनाबारे वास्तविक अनुसन्धान गरी यथार्थ कुरा बाहिर ल्याइदिन स्थानीय प्रशासनका साथै राज्य पक्षसँग माग गर्दछौं, यो घट्नामा कुनै स्थानीयको पनि संलग्नता छ भने अनुसन्धान गरी ती दोषीलाई कानुनी कठघरामा उभ्याउन माग गर्दछौं ।’
साथै महासंघले जिल्लाको सुरक्षाको अवस्था चुस्त दुरुस्त बनाउन पनि सम्बन्धित निकायहरुसँग आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ