News Category 2073/02/07
फुटेका माओवादीहरुबीच एकीकरण पश्चात् ‘नेकपा माओवादी केन्द्र’ गठन वैद्य र भट्टराईलाई एकता प्रक्रियामा सहभागि हुन प्रचण्डको आह्वान
दैनिक समाचारदाता
काठमाडौं, ६ जेठ ।
काठमाडौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा बिहीबार आयोजित एक कार्यक्रममा विभिन्न समयमा फुटेका माओवादी पार्टीहरुबीच एकता भएको छ ।
माओवादी एकता संयोजन समितिको बैठकले एकीकरण पछिको नयाँ पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राखेको छ ।
एकीकृत हुनेहरुमा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी, रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी माओवादी, विप्लव माओवादी तिलक परियारको समूह, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृका यादवको नेकपा माओवादी, जयपुरी घर्तीको समूह, नेपाल कम्युनिष्ट पार्टी कृष्णदास श्रेष्ठ, नयाँ शक्ति अभियान नेपालको समुह, गौरवशाली पार्टी नेपाल र वामपन्थी एकता मञ्च रहेका छन् ।
पार्टीको अध्यक्षमा प्रचण्ड, उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, महासचिवमा रामबहादुर थापा मगर “बादल”, उपमहासचिव कृष्णबहादुर महरा चयन हुनुभएको छ ।
माओवादीहरुबीचको एकतापछि बनेको ‘नेकपा माओवादी केन्द्र’ का अध्यक्ष प्रचण्डले केहि महिनाभित्रै पार्टीमा चकात्कार गरेर देखाउने घोषणा गर्नुभएको छ ।
उहाँले अब माओवादी पराजयको दिन सकिएको भन्दै जनताको विजयको दिन सुरु भएको बताउनुभयो । उहाँले संविधान अपुरो र अधुरो रहेको भन्दै त्यसलाई पूरा गर्न सबै एकताबद्व हुनेको विकल्प नभएको बताउनुभयो ।
माओवादीहरु विभाजन हुँदा सहिद वेपत्ता परिवारको प्रश्नले निकै पीडा हुने गरेको बताउँदै प्रचण्डले भन्नुभयो, “आज गर्वका भन्न सक्नु तपाईँहरुको आँसु पुछ्न एक भएर आएका छौं ।”
उहाँले अब परिवर्नतका आकांक्षीहरुको फाटेको मन टाल्न फेरि एक पटक प्रयत्न गर्ने भन्दै यसबाट राजतन्त्र फर्काउन खेलमा लागेका हरुको सपना चकनाचुर भएको समेत जिकिर गर्नुभयो ।
यस्तै एक वर्षभित्र एकता महाधिवेशन गर्ने, जनताको पूरा हुन बाँकी माग पूरा गराउन सबैतिर संघर्र्षलगायतका कार्यनीति पारित गरेको बताउनुहुँदै त्यसका लागि ६ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको जानकारी दिनुभयो ।
उहाँले नयाँ पार्टीले पुरानो कार्यशैली अपनाउँदैन, जनताको दुखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्दै मोहन वैद्य र बाबुराम भट्टराईलाई पनि एकता प्रक्रियामा सहभागि हुन आह्वान गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ