News Category 2073/02/07
चानुशोभित सभाको चौथो अधिवेशन सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ६ जेठ ।
चानुशोभित सभाको चौथो अधिवेशन बिहीबार सप्तरीको खोजपुर गाविसस्थित मेघवारीमा सम्पन्न भएको छ ।
सो सभाका अध्यक्ष मुक्तिनाथ चौधरीको अध्यक्षतामा तथा सभाका जेष्ठ नागरिक बिरेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यमा आयोजित सभामा चानुशोभित थारु वंशावलीको दोश्रो संस्करणको विमोचन गरिएको छ ।
सभामा तीन वर्षका विभिन्न आर्थिक प्रतिवेदनहरु सर्वसम्मतिले पारित गरिएको सभाका सल्लाहकार कन्तलाल चौधरीले जानकारी दिनुभयो ।
यस्तै सोही सभाले मुक्तिनाथ चौधरीको सभापतित्वमा नयाँ कार्य समितिको चयन समेत गरेको छ ।
यस्तै सभाका उपसभापतिमा रामजी चौधरी, सचिवमा हरिनारायण चौधरी, कोषाध्यक्षमा सिराहु चौधरी तथा सदस्यहरुमा शिवकुमार चौधरी, सुकदेव चौधरी, रामकिसुन चौधरी, गोपीलाल चौधरी, रामप्रसाद चौधरी, देव नारायण चौधरी र रामेश्वर चौधरी चयन भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ