News Category 2073/02/16
पहाडिया मण्डले शासकहरुले सिके राउतलाई उस्काए ः मातृका यादव
राजविराज÷नेकपा माओवादी केन्द्रका हेडक्वाटर सदस्य मातृका प्रसाद यादवले पहाडिया मण्डले शासकहरुले अहिले सिके राउतलाई उस्काए मधेशीलाई दास बनाउन खोजेको आरोप लगाउनु भएको छ ।
आसन्न आधिकारिक ट्रेड युनियन निर्वाचनको सन्दर्भमा राष्ट्रिय कर्मचारी संगठनले शनिबार राजविराजमा आयोजना गरेको अन्तरक्रियामा उहाँले पहाडिया मण्डले शासकहरुले मधेशीलाई बिदेशीको रुपमा दास बनाएर राख्न खोजेकाले देशको अखण्डता खतरामा परेको बताउनुभयो ।
उहाँले अब मधेशी जनता दास बनेर बस्न नचाहेको बताउँदै बिद्रोह गरेर आफ्ना अधिकार लिएरै छाड्ने बताउनुभयो । यादवले मधेशको समस्या केबल मधेशको मात्र नभएर देशकै समस्या भएकाले मधेशको समस्या समाधान नहुञ्जेलसम्म देशको समस्या समाधान सम्भव नहुने जिकिर गर्नुभयो ।
दाउरा, सुरुवाल र टोपी लगाएकालाई राष्ट्रवादी र धोती कुर्ता र गम्छा लगाउनेलाई बिदेशी भगौडा देख्ने प्रबृतिको अन्त्य हुन नसकेसम्म एकताबद्ध नेपाल निर्माण हुन नसक्ने बताउँदै उहाँले पहडिया मण्डलेबाद र मधेशीया अवसरबाद दुबै नेपाल र नेपाली जनता दुश्मन भएकाले अब यसलाई समाप्त पार्न पार्टीले उत्पीडित पहाडी र उत्पीडित मधेशीबीच एकता गराउन अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु जगत यादव, महादेव यादव, दिपेन्द्र माझी, राष्ट्रिय कर्मचारी संगठनका महासचिव प्रभास प्रसाद साह, राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष शुभनारायण यादव, केन्द्रीय सदस्यहरु रमेश दुलाल, तारा पौडेल, उमेश झा लगायतले यही जेठ १९ गते हुने आधिकारिक ट्रेड युनियनको निर्वाचनको संघारमा पार्टीको एकता भएपनि कर्मचारी संगठनहरु बीच एकता हुन नसक्दाँ आफुहरु अन्यौलमा परेकोले छिटै कर्मचारी संगठनबीच सम्मानपुर्वक एकता गराउन आग्रह गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ