News Category 2073/02/16
पहाडिया मण्डले शासकहरुले सिके राउतलाई उस्काए ः मातृका यादव
राजविराज÷नेकपा माओवादी केन्द्रका हेडक्वाटर सदस्य मातृका प्रसाद यादवले पहाडिया मण्डले शासकहरुले अहिले सिके राउतलाई उस्काए मधेशीलाई दास बनाउन खोजेको आरोप लगाउनु भएको छ ।
आसन्न आधिकारिक ट्रेड युनियन निर्वाचनको सन्दर्भमा राष्ट्रिय कर्मचारी संगठनले शनिबार राजविराजमा आयोजना गरेको अन्तरक्रियामा उहाँले पहाडिया मण्डले शासकहरुले मधेशीलाई बिदेशीको रुपमा दास बनाएर राख्न खोजेकाले देशको अखण्डता खतरामा परेको बताउनुभयो ।
उहाँले अब मधेशी जनता दास बनेर बस्न नचाहेको बताउँदै बिद्रोह गरेर आफ्ना अधिकार लिएरै छाड्ने बताउनुभयो । यादवले मधेशको समस्या केबल मधेशको मात्र नभएर देशकै समस्या भएकाले मधेशको समस्या समाधान नहुञ्जेलसम्म देशको समस्या समाधान सम्भव नहुने जिकिर गर्नुभयो ।
दाउरा, सुरुवाल र टोपी लगाएकालाई राष्ट्रवादी र धोती कुर्ता र गम्छा लगाउनेलाई बिदेशी भगौडा देख्ने प्रबृतिको अन्त्य हुन नसकेसम्म एकताबद्ध नेपाल निर्माण हुन नसक्ने बताउँदै उहाँले पहडिया मण्डलेबाद र मधेशीया अवसरबाद दुबै नेपाल र नेपाली जनता दुश्मन भएकाले अब यसलाई समाप्त पार्न पार्टीले उत्पीडित पहाडी र उत्पीडित मधेशीबीच एकता गराउन अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु जगत यादव, महादेव यादव, दिपेन्द्र माझी, राष्ट्रिय कर्मचारी संगठनका महासचिव प्रभास प्रसाद साह, राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष शुभनारायण यादव, केन्द्रीय सदस्यहरु रमेश दुलाल, तारा पौडेल, उमेश झा लगायतले यही जेठ १९ गते हुने आधिकारिक ट्रेड युनियनको निर्वाचनको संघारमा पार्टीको एकता भएपनि कर्मचारी संगठनहरु बीच एकता हुन नसक्दाँ आफुहरु अन्यौलमा परेकोले छिटै कर्मचारी संगठनबीच सम्मानपुर्वक एकता गराउन आग्रह गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ