News Category 2073/02/18
कागजमै सिमित रहयो “साक्षरता अभियान”
दैनिक समाचारदाता
राजविराज, १७ जेठ ।
सन् २०१५ मा सप्तरीलाई पुर्ण साक्षर जिल्ला बनाईएपनि ग्रामिण भेगका अधिकांश दलित महिलाहरु अझैं निरक्षर नै रहेका छन् । उनीहरुलाई अक्षर चिन्न समेत आउँदैन् ।
शिक्षाको पहुँचबाट कोही पनि टाढा नरहुन तथा निरक्षरलाई पुर्ण साक्षर बनाउँनका लागि सरकारले करौडौ रकम खर्चेर अभियान संचालन गरेको थियो । तर, सरकारको उक्त लगानी वालुवामा पानी हाले सरह भएको छ ।
सप्तरीको बेल्ही चपेना गाविस २ दलित बस्तीका अधिकांश दलित महिलाहरुलाई आप्mनो नाम लेख्न त परै जाओस् अक्षर समेत चिन्न आउँदैन् । सो दलित बस्तीमा बसोबास गर्ने करिब पचास परिवारमध्ये दुई चार जना बाहेक अधिकांश महिलाहरु अझै कागजमै साक्षर रहेकी छिन । स्थानीय ललिता देवी खंग भनिन्, “बुढेसकालमा पढेर के गर्ने त ?” उहाँ जस्तै त्यहाँका अधिकांश महिलाहरुको यस्तै कुरा भन्छन् ।
सरकारले करोडौं रकम खर्चेर निरक्षरलाई पुर्ण साक्षर बनाउँनका लागि गरेको लगानी त्यहाँका महिलाहरुको लागि वालुवामा पानी हाले सरह भएको स्थानीय जानकारहरु बताउँछन ।
कुनै पनि कार्यक्रम हुँदा त्यहाँका दलित महिलाहरुलाई आप्mनो नाम लेख्न लजाउछन् । सरकारले आफुहरु जस्तो निरक्षरलाई साक्षर बनाउँनका लागि कक्षा संचालन गरेपनि आफुहरुले पढ्न नपाएको स्थानीय आशादेवीले बताइन् । उहाँले दुख ब्यक्त गर्दै भन्नुभयो, “बुढेसकाल भएकाले पनि पढ्न जागर नलागेको नपाएको तर छोराछोरीहरुलाई शिक्षाको पहुँचबाट टाढा राख्दिन् ।”
बेल्ही चपेनाका महिला जस्तै अवस्था रहेको छ, सप्तरीको अन्य गाविसका महिलाहरुको । जिल्ला शिक्षा कार्यालयले करोडौं रकम खर्चेर निरक्षरलाई साक्षर बनाउँनका लागि साक्षरता अभियान संचालन गरेपनि व्यवहारमा भने थोरै निरक्षरहरु साक्षर भएका छन् ।
गत वर्ष सप्तरीमा मात्र करिब ६ करोडको हाराहारीमा जिल्लाभरीका निरक्षरहरुलाई पुर्ण रुपमा साक्षर बनाउँनका लागि जिल्ला शिक्षा कार्यालयले विभिन्न संघ संस्था मार्फत साक्षरता अभियान संचालन गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ