News Category 2073/02/20
कुरुप र अव्यवस्थित बन्दै राजरंगशाला
दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
राजविराजको मुटमा रहेको राजरंगशाला अहिले सम्बन्धित निकायको वेवास्ताका कारण कुरुप, अव्यवस्थित बन्नुका साथै खुल्ला चरणको रुपमा परिणत भएको छ । वर्षा भएपछि केही क्षणमै राजरंगशाला पोखरीमा समेत परिणत हुन्छ ।
वि.स.२०३६ सालमा तत्कालिन अंचलाधिश लक्ष्य बहादुर गुरुङ र स्थानीयबासिन्दाको सहयोगमा निर्माण गरिएको सो रंगशाला सम्बन्धित निकायको वेवास्ताका कारण अहिले जिर्णोधारको पखाईमा रहेको छ ।
३६ वर्ष अघि निर्माण भएको यो रंगशाला दुई विघा ७ कठ्ठा १३ धुर क्षेत्रफलमा फैलिएको छ । समय समयमा मर्मत सम्भार नभएपछि अहिले रंगशालाको पर्खाल, ७ हजार दर्शक अटाउने क्षमता रहेको प्याराफिट ठाउँ ठाउँमा भत्केर जीर्ण भएको छ ।
रंगशालाको मुख्यद्वारा समेत जिर्ण हुँदा अहिले सो स्थान र पर्खाल भत्केको स्थानहरुबाट मानिसहरु पसेर रंगशालामै दिसा पिसाब गर्ने गरेका छन् । यति मात्र होइन् जनावर समेत यहाँ चर्ने गरेका छन् ।
पर्खाल भत्किएकै कारण नजिकै रहेको बसपार्कबाट यात्रु र स्थानीयबासिन्दाले समेत मैदानलाई शौचालयको रुपमा प्रयोग गर्न थालेका छन ।
अहिले यो रंगशाला राजनैतिक दलको सभा र कार्यक्रम गर्ने थलोको रुपमा प्रयोग हुने गरेको छ भने कहिले काँही यस रंगशालामा सप्ताहव्यापी कार्यक्रम समेत हुनेगर्दछ । मैदान सो कार्यक्रम गर्न गाडिएको टेन्टका कारण खाल्डा खुल्डी बनाइएको छ ।
यता दिसा पिसाबका कारण फोहोर र दुर्गन्धित मैदानमा अर्कोतिर ठूल ठूला खाल्डा खुल्डीले फुटबलको अभ्यास गर्न गराउनमा निकै समस्या हुने गरेको फुटबलका प्रशिक्षक राजकुमार परियार बताउनुहुन्छ ।
रंगशालाको प्याराफिट अति जिर्ण भएकै कारण कुनै बेला पनि ठूलो दुर्घटना हुने सम्भावना समेत रहेको छ । त्यती मात्र नभएर जिर्ण रहेको प्याराफिटमुनी रहेको खाली स्थानमा कोठा बनाएर स्थानीय विपन्न समुदायका परिवारहरु बसोबास गरिरहेका छन् । यता सम्बन्धित निकायको मौनताका कारण रंगशालाको जग्गा अतिक्रमणको चपेटमा समेत पर्न थालेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ