News Category 2070/05/25
हरेक क्षेत्रमा मधेशीको समावेशी हुनुपर्छ ः अध्यक्ष भण्डारी
दैनिक संवाददाता
राजविराज, २४ भदौ ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष शरत्सिंह भण्डारीले निर्वाचन भइछडने बताउनुभएको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीद्वारा जिल्लाको बेल्ही चपेना गाविसमा सोमबार आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष भण्डारीले निर्वाचनमा केन्द्रीत भएर अधिकांश दलहरु अघि बढीरहेकोले निर्वाचन सफल भइछाड्ने बताउनुभयो ।
आफुहरु सार्थक निर्वाचनको पक्षमा रहेको बताउनुहुँदै उहाँले निर्वाचनबाटै मधेशी, जनजाती, दलित लगायत सबैको अधिकार सुनिश्चित हुने दाबी गर्नुभयो । संघीयतासहितको संबिधान नआएसम्म मुलुकमा कायम रहेको बिभेद अन्त्य नहुने बताउनुहुँदै अध्यक्ष भण्डारीले संघीयता सहितको संबिधानका लागि अबको निर्वाचनमा संघीयता पक्षधरको बहुमत आवश्यक रहेको बताउनुभयो ।
हरेक क्षेत्रमा मधेशीको समाबेशी नभएसम्म देशले मधेशीलाई मान्न नसक्ने दाबी गर्नुहुँदै राज्यको हरेक निकायमा सबै जातजातीको समाबेशी आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीका अध्यक्ष धनेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा युवा नेता गजेन्द्र कुमार मण्डल, लाल मोहम्मद मियाँ, दलित संघका अध्यक्ष श्याम सरदार, किसान संघका अध्यक्ष बिशेश्वर यादव, मुस्लिम संघका अध्यक्ष गजमुल मन्सुरी लगायतका बक्ताहरुले बोल्नुभयो ।
सो अवसरमा बेल्ही चेपा गाविसका राजकुमार मण्डलको नेतृत्वमा हरिनारायण साह, तुलसी साह लगायत पाँच सयजना सो पार्टी प्रबेश गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ