News Category 2082/11/05
क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
राजनीतिक रुपमा निकै चर्चा र चासोको विषय बनेको यसक्षेत्रमा पुरानोदेखि नयाँ उम्मेदवारहरु चुनाव जित्न आ–आफ्नै रणनीतिमा लागेका हुन् ।
यसक्षेत्रबाट पहिलो पटक चुनावी मैदानमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्नुले पनि थप चासो र चर्चाको विषय बनेको हो ।
यस क्षेत्रबाट नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ती पार्टी नेपालका सहमहासचिव गजेन्द्र मण्डल र नयाँ शक्तीका रुपमा देखापरेका रास्वपाका डा.अमरकान्त चौधरीको प्रवेशले पनि रोचक प्रतिस्पर्धा हुने मतदाताहरुको भनाई छ ।
जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादव यस क्षेत्रबाट मैदानमा उत्रिएपछि जित निकाल्न पार्टीका नेता÷कार्यकर्ता प्रचारप्रसारलाई तिब्रता दिदै पुरा शक्ति लगाएको देखिएको छ ।
यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका दिनेश कुमार यादवले जितेका थिए । २०६४ र २०७० सालको संविधानसभा निर्वाचन र २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा लगातार उम्मेदवार भएका यादव पछिल्लो पटक यस क्षेत्रबाट जित निकालेका थिए ।
यादवले २६ हजार १ सय ६६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तारकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गरेका थिए । काँग्रेसका उम्मेदवार यादव जितलाई निरन्तरता दिने रणनीतिमा लागेका छन् भने अन्य दल काँग्रेसको पकड क्षेत्र तोड्दै आफ्नो जित निकाल्ने दाउमा लागेका छन् ।
यहाँ नेपाली काँग्रेस, जसपा नेपाल, रास्वपा, राष्ट्रिय मुक्ती पार्टी नेपाल, जनमत, नेकपा तथा एमाले मुख्य प्रतिस्पर्धामा देखिएका छन । जनमत पार्टीबाट सुरेन्द्र मधेशी, नेकपाबाट अरुण कुमार साह, एमालेबाट ताराकान्त चौधरी उम्मेदवार छन ।
यस्तै उज्यालो नेपाल पार्टीबाट परमेश्वर लाल साह, नेपाल जनता पार्टीबाट डा.सन्तोष चमन, राप्रपाबाट उम्मेदश्वर प्रसाद साह, आजपाबाट धनिक लाल चौधरी बहुजन एकता पार्टीबाट महादेव राम, नेमकिपाबाट प्रभु प्रसाद साह, श्रम संस्कृति पार्टीबाट जयनाराण मण्डल गरी कुल २२ जना उम्मेदवार चुनावी मैदानमा छन ।
कुल १ लाख ११ हजार ८ सय ७१ मतदाता रहेको यस क्षेत्रमा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका तथा रुपनी, विष्णुपुर र राजगढ गाउँपालिका गरी कुल ५ पालिका पर्दछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
- 2083/02/12 भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
- 2083/02/11 राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
- 2083/02/10 राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ