News Category 2082/11/05
एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
केहीदिन अघि मात्रै नेकपा एमाले परित्याग गरेका पुर्वमन्त्री एवं राष्ष्ट्रियसभा सदस्य जितेन्द्रनाराण देव नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
राजविराज स्थित काँग्रेस पार्टी कार्यालयमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी सहित एक दर्जन नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् ।
उनलाई नेपाली काँग्रेसका जिल्ला सभापति रामेदव साह, उपसभापति रामकुमार यादव, सचिव सनत कुमार मंडल र नवनिर्वाचित राष्ट्रियसभा सदस्य रञ्जित कर्णले फुलमाला, अविर लागाएर पार्टी प्रवेश गराए ।
पार्टी प्रवेशपछि देवले काँग्रेसको विशेष महाधिवेशनबाट पारित नीति, विचार, योजना र प्रतिवद्धतालाई आत्मसात गर्दै पार्टीमा प्रवेश गरेको बताए । उनले गगन थापा नेतृत्वको कार्यसमिति प्रति आस्थावान रहि काँग्रेमा फर्किएको स्पष्ट पारे ।
“गगन थापा नेतृत्वको केन्द्रिय कार्यसमति प्रति पुर्ण प्रतिवद्ध तथा आस्थावान रहि आजैको मितिदेखि म सहित मलाई सहयोग र समर्थन गर्दै सधैं साथ दिदै आएको सम्पुर्ण साथीहरु नेपाली काँग्रेसमा फर्केको औपचारिक रुपमा सार्वजनिक घोषणा गर्दछु” पार्टी प्रवेश कार्यक्रममा उहाँले जारी गर्नुभएको प्रेस वक्तव्यमा उल्लेख छ ।
काँग्रेको विशेष महाधिवेशनले पारित गरेको नवीन नीति र नयाँ अग्रमणकारी सोचको नयाँ नेतृत्वले देशमा सामाजिक–राजनीतिक रुपान्तरणको अभियानलाई प्रभावकारी र निर्णायक ढंगले अघि बढाउने र पार्टीलाई बदल्ने कार्य शुरु गरे जस्तै देशलाई पनि जनहितमा बदल्ने उहाँले विश्वास व्यक्त गरे ।
विद्यार्थीकाल देखि राजनीतिमा लाग्नुभएका देव नेकपा एमाले, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक हुँदै काँग्रेस पार्टीमा आएर राष्ट्रिसभा सदस्य समेत बनेका थिए ।
राष्ट्रियसभाको पदावधि सकिएपछि पुनः नकपा एमालेमा प्रवेश गर्नुभएको उनले केही दिन अघि सप्तरीमा पत्रकार सम्मेलन गरी एमाले परित्यागको घोषणा समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ