News Category 2073/02/21
सद्भावना पार्टी पुर्नगठन सप्तरीबाट दुई वरिष्ठ उपाध्यक्ष, एक महासचिव र १२ जना सदस्य
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सदभावना पार्टीले राष्ट्रीय कार्य समिति पुर्नगठन गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र महत्तोको नेतृत्वमा पार्टीको १ सय १ सदस्यीय राष्ट्रिय कार्य समिति बिहीबार पुर्नगठन गरिएको हो ।
यसैगरी कार्य समितिमा एक जना वरिष्ठ नेता, एक जना सहअध्यक्ष, तीन जना बरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, दुई जना महासचिव, ६ जना सहसचिव, एक÷एक जना कोषाध्यक्ष र सहकोषाध्यक्ष, दुई जना पार्टी प्रवक्ता, तीन जना सचिव र ७८ जना पार्टी सदस्य गरी १ सय १ जनाको नयाँ कार्य समिति बनेको छ ।
जसमा वरिष्ठ नेतामा बद्री प्रसाद मंडल, सहअध्यक्षमा लक्ष्मणलाल कर्ण, वरिष्ठ उपाध्यक्षहरुमा नरसिंह चौधरी, मृगेन्द्र कुमार सिंह यादव र नवल किशोर साह रहनु भएको छ ।
त्यस्तै उपाध्यक्षद्वयमा विश्वनाथ सिंह राजवंशी र ओमप्रकाश यादव गुलजारी तथा महासचिवद्वयमा मनिष कुमार सुमन र सरोज यादवलाई चयन गरिएको छ ।
यसैगरि सहमहासचिवहरुमा राजकुमार गुप्ता, सुरेन्द्र प्रसाद कुर्मी, अर्जुन प्रसाद उप्रेती, सुरिता साह, देवेन्द्र यादव र अजय गुप्ता रहनु भएको छ । त्यस्तै कोषाध्यक्षमा अरुणकुमार सिंह र सहकोषाध्यक्षमा जानकीशरण साह रहनुभएको छ । प्रवक्तामा सन्तोष कुमार मेहता र लालकिशोर साहलाई तोकिएको छ ।
सचिवमा मिर्जा अर्शद वेग, रेशमलाल चौधरी र राजाराम पासमानलाई चयन गरिएकोछ भने ७८ जना सदस्यहरु रहेका छन् । जसमा सप्तरीबाट सिताराम मंडल, राजेन्द्र प्रसाद यादव, हरेकृष्ण प्रसाद सिंह, अमरनाथ मंडल, दीपेन्द्र चौधरी, विशेश्वर रजक, जिसमुल खाँ, सत्यनारायण यादव, सुशिल कुमार शुक्ला, दिनेश यादव, सुरेन्द्र झा र श्रीमती पुनम यादव रहनु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ