News Category 2073/02/21
ब्रहमपुरलाई मदिरा तथा खुल्ला दिसा मुक्त घोषणा गर्ने प्रतिबद्धता गम्हरियामा परिचयपत्र बितरण
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सप्तरीको ब्रहमपुरलाई दिसा तथा मदिरा मुक्त गाविस घोषणा गर्न हरसम्भव प्रयास गर्ने स्थानीय महिलाहरुले प्रतिबद्धता जनाएका छन ।
जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान अन्तरगत गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिसँगको एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागि महिलाहरुले सो प्रतिबद्धता जनाएका हुन ।
ब्रहमपुर गाविसलाई पुर्ण सरसफाई अभियान अन्तर्गत खुल्ला दिसा मुक्त गाविस बनाउनुका साथै मदिरा मुक्त बनाउनका लागि यहाँका सम्पुर्ण महिलाहरु एक जुट भएर अगाडी बढ्ने बताए ।
गाविस सचिव तथा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति ब्रहमपुरका संयोजक जगधर ठाकुरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
त्यसैगरी जिल्लाको गम्हरिया प्रवाहा गाविसमा बिहिबार एक समारोहबिच सरसफाई परिचय पत्र वितरण गरिएको छ ।
गाविस सचिव तथा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक हरेराम यादवको अध्यक्षता तथा जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति सचिवालय कार्यक्रम संयोजक मिथिलेश कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित सो सरसफाई परिचय वितरण समारोहमा सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झा, फिल्ड अफिसर शुभ नारायण यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सदस्य बिरेन्द्र साह, स्वास्थ्य चौकीका प्रमुख नागेश्वर प्रसाद साह, सामाजिक परिचालक शिवशंकर मेहता, स्थानीय प्रजवलकद्वय खेलानन्द चौधरी, निर्मल कुमारी यादव सहितका बक्ताहरुले गाविसलाई असार महिनाको १५ गतेभित्र खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने सामुहिक रुपमै प्रतिवद्धता जनाएका छन ।
सोही कार्यक्रममा त्यहाँका २ सय घरधुरीलाई सरसफाई परिचय पत्र वितरण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ