News Category 2073/02/24
सरसफाई सप्ताहमा ¥याली र परिचयपत्र वितरण
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
१७ औं राष्ट्रिय सरसफाई सप्ताह २०७३ को अवसरमा आईतबार सप्तरीको ब्रहमपुर गाविसका बृहत ¥याली प्रदर्शन गरिएको छ भने सरसफाई परिचयपत्र समेत बितरण गरिएको छ ।
जिल्लास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति तथा जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित “जकर घरमे चर्पी नैं ओकर घरमे शादी नैं” भन्ने मुल नाराका साथ १७ औं राष्ट्रिय सरसफाई सप्ताहको अवसर पारेर ब्रहमपुर गाविसका भव्य रुपमा ¥याली निकालिएको हो ।
सरसफाई सप्ताहको अवसरमा मावि ब्रहमपुरका बालबालिकाका साथै गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सम्पुर्ण पदाधिकारीहरुका साथै समाजसेवि, बृद्धिजिवी, भद्रभलादमी, महिला स्वयसेविका, वडा नागरिक मंचका अध्यक्ष सहितको उपस्थितिमा निकालिएको सो याली ब्रहमपुर गाविसको परिक्रमा पश्चात् सरसफाई परिचय पत्र वितरण गरिएको थियो ।
गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक एवं गाविस सचिव जगधर ठाकुरको अध्यक्ष तथा गैसस महासंघका अध्यक्ष एवं जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सचिवालय सदस्य शम्भुनन्द चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो सरसफाई परिचय पत्र वितरण समारोहमा युनिसेफकी जिल्ला संयोजक सुनिता सुल्फे, सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झा, कार्यक्रम संयोजक परमेश्वर झा, ब्रहमपुर गाविसका निवर्तमान गाविस अध्यक्ष मो.मुस्तकिम बेदी, प्रहरी चौकी गम्हरिया प्रवाहाका हवल्दार अबधेश कुमार झा, गाविसका खरिदार धर्म नारायण यादव, मुखिया रामसेवक मण्डल, महिला स्वयसेविकाद्धय सितादेवी राय, अम्विका मण्डल लगायतका बक्ताहरुले ब्रहमपुर गाविसलाई जेठ महिनाभित्र खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने साुमहिक रुपमा प्रतिवद्धता जाहेर गर्नुभयो ।
यसैबिच ब्रहमपुर गाविसको कुल घरधुरी ७ सय ४५ मध्ये करिब ४ सय घरधुरीमा चर्पी निर्माण कार्य भईसकेकोले चर्पी भएका परिवारहरुलाई सरसफाई परिचय पत्र वितरण तथा नभएकालाई आजैको मितिबाट सेवा सुबिधाहरु कटौती गर्ने सर्वसम्मतबाट निर्णय गरिएको सबल नेपालका फिल्ड अफिसर शुभ नारायण यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
- 2082/08/17 स्थापना दिवसमा पुस्तक प्रदर्शनी
- 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
- 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
- 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
- 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
- 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
- 2082/08/14 सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ