News Category 2073/02/24
सरसफाई सप्ताहमा ¥याली र परिचयपत्र वितरण
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
१७ औं राष्ट्रिय सरसफाई सप्ताह २०७३ को अवसरमा आईतबार सप्तरीको ब्रहमपुर गाविसका बृहत ¥याली प्रदर्शन गरिएको छ भने सरसफाई परिचयपत्र समेत बितरण गरिएको छ ।
जिल्लास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति तथा जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित “जकर घरमे चर्पी नैं ओकर घरमे शादी नैं” भन्ने मुल नाराका साथ १७ औं राष्ट्रिय सरसफाई सप्ताहको अवसर पारेर ब्रहमपुर गाविसका भव्य रुपमा ¥याली निकालिएको हो ।
सरसफाई सप्ताहको अवसरमा मावि ब्रहमपुरका बालबालिकाका साथै गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सम्पुर्ण पदाधिकारीहरुका साथै समाजसेवि, बृद्धिजिवी, भद्रभलादमी, महिला स्वयसेविका, वडा नागरिक मंचका अध्यक्ष सहितको उपस्थितिमा निकालिएको सो याली ब्रहमपुर गाविसको परिक्रमा पश्चात् सरसफाई परिचय पत्र वितरण गरिएको थियो ।
गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक एवं गाविस सचिव जगधर ठाकुरको अध्यक्ष तथा गैसस महासंघका अध्यक्ष एवं जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सचिवालय सदस्य शम्भुनन्द चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो सरसफाई परिचय पत्र वितरण समारोहमा युनिसेफकी जिल्ला संयोजक सुनिता सुल्फे, सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झा, कार्यक्रम संयोजक परमेश्वर झा, ब्रहमपुर गाविसका निवर्तमान गाविस अध्यक्ष मो.मुस्तकिम बेदी, प्रहरी चौकी गम्हरिया प्रवाहाका हवल्दार अबधेश कुमार झा, गाविसका खरिदार धर्म नारायण यादव, मुखिया रामसेवक मण्डल, महिला स्वयसेविकाद्धय सितादेवी राय, अम्विका मण्डल लगायतका बक्ताहरुले ब्रहमपुर गाविसलाई जेठ महिनाभित्र खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने साुमहिक रुपमा प्रतिवद्धता जाहेर गर्नुभयो ।
यसैबिच ब्रहमपुर गाविसको कुल घरधुरी ७ सय ४५ मध्ये करिब ४ सय घरधुरीमा चर्पी निर्माण कार्य भईसकेकोले चर्पी भएका परिवारहरुलाई सरसफाई परिचय पत्र वितरण तथा नभएकालाई आजैको मितिबाट सेवा सुबिधाहरु कटौती गर्ने सर्वसम्मतबाट निर्णय गरिएको सबल नेपालका फिल्ड अफिसर शुभ नारायण यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ