News Category 2073/02/24
युवा सशक्तिकरण संघद्वारा बृक्षारोपण
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
युवा सशक्तिकरण संघ नेपाल सप्तरीले जिल्लाको शम्भुनाथ नगरपालिका ८ मिलन चौकस्थित पार्कमा बृक्षारोपण गरेको छ ।
विश्व वातारण दिवसको अवसर पारेर आइतबार राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समिति, जिल्ला वन कार्यालय, जिल्ला भुसंरक्षण कार्यालयको सहयोगमा युवा सशक्तिकरण संघ नेपालले बृक्षारोपण गरेको हो ।
बृक्षारोपण कार्यक्रममा सप्तरी क्षेत्र नम्बर ५ का सांसद तेजुलाल चौधरी, जिल्ला विकास समिति सप्तरीका कार्यक्रम अधिकृत नवराज खड्का, शम्भुनाथ नगरपालिकाका कार्यकारी अधिकृत संजीव न्यौपाने, युवा सशक्तिकरण संघका अध्यक्ष किशोरकुमार यादव लगायतले बृक्षारोपण गर्नुभयो ।
शम्भुनाथ नगरपालिका कार्यालयको पहलमा सम्पन्न बृक्षारोपण पश्चात् आयोजित कार्यक्रममा सांसद चौधरीले पहिला “हरियो वन नेपालको धन” भन्ने गरिएपनि त्यो नारा बिस्तारै हराउँदै गएको प्रति चिन्ता व्यक्त गर्नुहुँदै वनको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
हरेक क्षेत्रमा हुने राजनीतिकरणका कारण विकासको गति पछाडी परेको प्रसङ्ग उल्लेख गर्नुहुँदै उहाँले विकासमा राजनीतिकरण नगर्न आग्रह समेत गर्नुभयो ।
शम्भुनाथ नगरपालिकाका कार्यकारी अधिकृत न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा युवा सशक्तिकरण संघका अध्यक्ष यादवले २०७३ सालको वातारण दिवसमा शम्भुनाथ नगरपालिकाको बिभिन्न ७ स्थानमा २०७६ वटा बिरुवा रोप्ने योजना रहेको जानकारी दिनुहुँदै जिल्ला वन कार्यालय, जिल्ला भुसंरक्षण कार्यालय तथा शम्भुनाथ नगरपालिका कार्यालयसँग समन्वय गरि बृक्षारोण गरिने बताउनुभयो ।
युवा सशक्तिकरण संघले राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समितिको सहयोगमा सप्तरीको बिभिन्न गाविस तथा नगरपालिकाहरुमा वन बिनास नियन्त्रण, बृक्षारोपण तथा चुरे संरक्षणका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ