News Category 2073/02/24
युवा सशक्तिकरण संघद्वारा बृक्षारोपण
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
युवा सशक्तिकरण संघ नेपाल सप्तरीले जिल्लाको शम्भुनाथ नगरपालिका ८ मिलन चौकस्थित पार्कमा बृक्षारोपण गरेको छ ।
विश्व वातारण दिवसको अवसर पारेर आइतबार राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समिति, जिल्ला वन कार्यालय, जिल्ला भुसंरक्षण कार्यालयको सहयोगमा युवा सशक्तिकरण संघ नेपालले बृक्षारोपण गरेको हो ।
बृक्षारोपण कार्यक्रममा सप्तरी क्षेत्र नम्बर ५ का सांसद तेजुलाल चौधरी, जिल्ला विकास समिति सप्तरीका कार्यक्रम अधिकृत नवराज खड्का, शम्भुनाथ नगरपालिकाका कार्यकारी अधिकृत संजीव न्यौपाने, युवा सशक्तिकरण संघका अध्यक्ष किशोरकुमार यादव लगायतले बृक्षारोपण गर्नुभयो ।
शम्भुनाथ नगरपालिका कार्यालयको पहलमा सम्पन्न बृक्षारोपण पश्चात् आयोजित कार्यक्रममा सांसद चौधरीले पहिला “हरियो वन नेपालको धन” भन्ने गरिएपनि त्यो नारा बिस्तारै हराउँदै गएको प्रति चिन्ता व्यक्त गर्नुहुँदै वनको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
हरेक क्षेत्रमा हुने राजनीतिकरणका कारण विकासको गति पछाडी परेको प्रसङ्ग उल्लेख गर्नुहुँदै उहाँले विकासमा राजनीतिकरण नगर्न आग्रह समेत गर्नुभयो ।
शम्भुनाथ नगरपालिकाका कार्यकारी अधिकृत न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा युवा सशक्तिकरण संघका अध्यक्ष यादवले २०७३ सालको वातारण दिवसमा शम्भुनाथ नगरपालिकाको बिभिन्न ७ स्थानमा २०७६ वटा बिरुवा रोप्ने योजना रहेको जानकारी दिनुहुँदै जिल्ला वन कार्यालय, जिल्ला भुसंरक्षण कार्यालय तथा शम्भुनाथ नगरपालिका कार्यालयसँग समन्वय गरि बृक्षारोण गरिने बताउनुभयो ।
युवा सशक्तिकरण संघले राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समितिको सहयोगमा सप्तरीको बिभिन्न गाविस तथा नगरपालिकाहरुमा वन बिनास नियन्त्रण, बृक्षारोपण तथा चुरे संरक्षणका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ