News Category 2073/02/25
द्वन्द्वकालिन मुद्दामा नयाँ शक्ति नेपालका सप्तरी संयोजक जेल चलान
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
नयाँ शक्ति नेपालका सप्तरी जिल्ला संयोजक अरुण कुमार साहलाई स्थानिय प्रशासनले द्वन्द्वकालिन मुद्दामा पक्राउ गरि सोमबार जेल चलान गरेको छ ।
नयाँ शक्ति नेपालका सचिवालय सदस्यद्वय महेन्द्र पासवान र रामरिझन यादवले एक विज्ञप्ति जारि गर्दै सप्तरी संयोजक अरुण कुमार साह अनिललाई अचानक र अप्रत्याशित रुपमा स्थानीय प्रशासनले बलजर्वजस्ती आइतबार गिरप्mतार गरी जेल चलान गर्न लगाएकोले स्तब्ध र आक्रोशित भएको जनाइएको छ ।
द्वन्दकालीन मुद्दाको समाधानको लागि सत्य निरोपन तथा मेलमिलाप आयोगको गठन भइसकेको अवस्थामा फर्जि सहीछापको आधारमा झुठो मुद्दा लगाई गिरफ्तार गरेकोमा स्थानीय प्रशासनले गैरजिम्मेवारीपूर्ण ब्यबहार देखाएको प्रति निन्दा तथा भत्र्सना गर्दै विज्ञप्तिमा एकीकृत माओवादीका नेता तथा गृहमन्त्री शक्ति बस्नेतको हात रहेको आशंका समेत गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा यस्ताखाले मुद्दामा अबदेखि कुनै सदस्यलाई गिरफ्तार गरेमा त्यसको परिणाम प्रतित्वोपादक हुने चेतावनी समेत दिदै गिरप्mतार गरि जेल पठाइएका संयोजकको अविलम्व रिहा गर्न माग समेत गरिएको छ ।
संयोजक साहको गिरफ्तारीको विरुद्धमा जेठ २५ गते मंगलबार नयाँ शक्ति नेपाल सप्तरीले राजविराजमा स्थानीय प्रशासनको विरुद्धमा शान्तिपूर्ण प्रदर्शन गर्ने विज्ञप्तिमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ