News Category 2073/02/25
“बालबालिकाप्रति सम्पूर्ण पक्ष जिम्मेवार हुनुपर्छ”
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
बालबालिकाको हकअधिकारको बारेमा सोमबार राजविराजमा आयोजित एक कार्यक्रममा बक्ताहरुले बालबालिकाप्रति सम्पूर्ण पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् ।
बाल कल्याण समिति समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले बालबालिकाहरु भोलीको कर्णधार भएकाले बाल्यावस्थामै उनीहरुको उचित हेरचार गर्नुपर्ने बताए । वक्ताहरुले बालबालिकाप्रति राज्यले ठूलै रकम खर्चने गरेको तर तर, त्यसको उचित प्रतिफल आउने नगरेको बताए ।
कार्यक्रममा वक्ताहरुले कतिपय ठाउँमा बालबालिकाको नाममा आएका रकम ठूला व्यक्तिहरुले खाने गरेको, बालबालिकालाई हेप्ने गरेको जस्ता कुराहरु बताउँदै यसतर्फ सबैले गम्भीर भएर सोंच्नुपर्ने बताए ।
बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला बाल कल्याण समिति र जिल्ला बाल कल्याण समति सप्तरीको आयोजनामा आयोजित सो गोष्ठी तथा अन्तरक्रियामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिकी संयोजक एवं सांसद रन्जु ठाकुरले बालबालिकाको संरक्षण तथा बालअधिकार प्रवद्र्धनका निम्ति सबैले सोंचमा परवर्तन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बाल कल्याण समितिका केन्द्रिय अध्यक्ष डिल्लीराम गिरीले बालबालिकाको नाममा पैसा खानेलाई कुनै पनि हालतमा राम्रो हुन नसक्ने बताउँदै त्यस्ता व्यक्तिलाई एक जन्ममा मात्र नभई सात बर्षसम्म राम्रो नहुने बताउनुभयो ।
उहाँले बालबालिकालाई जुलुसमा सहभागी गराउने र मराउनेसम्मको कार्य हाम्रै मुलुकमा भइरहेको भन्दै यस्ता कार्यहरु तत्कालै बन्द गर्नुपर्ने बताउनुभयो । आफू पनि विगतमा बालबालिका नै रहेको स्मरण गर्दै बालबालिकाको विकासमा सबैले सहयोग गर्नुपर्ने उहाँको कथन छ ।
कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका निर्देशक रामप्रसाद भट्टराई, बाल कल्याण समितिका निर्देशक तारक धिताल, सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, एसपी भीम प्रसाद ढकाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यस्तै जिल्लाका बासिन्दा, सरोकारबाला, अधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधिलगायतका वक्ताहरुले बालबालिको भविष्यबारे चिन्ता व्यक्त गर्दै सरोकारबालाहरुलाई सुझाव समेत दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ