News Category 2073/02/26
नयाँ शक्ति नेपालका जिल्ला संयोजक साहको रिहाइको माग गर्दै प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २५ जेठ ।
नयाँ शक्ति नेपालका सप्तरी जिल्ला संयोजक अरुण कुमार साहलाई स्थानिय प्रशासनले द्वन्द्वकालिन मुद्दामा पक्राउ गरेको विराधमा मंगलबार राजविराजमा विरोध प्रदर्शन गरिएको छ ।
नयाँ शक्ति नेपाल सप्तरीका संयोजक अरुण कुमार साह अनिललाई प्रहरीले आइतबार सप्तरीको रायपुर गाविसस्थित उनकै घरबाट गिरप्mतार गरेको थियो । उनलाई सोमबार अदालतमा हाजिर गराई जेल चलान गरिएको छ ।
सोही बिरोधमा नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्ताहरुले मंगलबार राजविराजस्थित जनआन्दोलन चौकमा संयोजक साहलाई रिहाईको माग गर्दै बिरोध प्रदर्शन तथा सभा गरेका छन् ।
बिरोध सभामा नयाँ शक्ति नेपालका केन्द्रिय सचिवालय सदस्य रामरिझन यादवले द्वन्द्वकालीन मुद्दाको समाधानका लागि सत्य निरोपन तथा मेलमिलाप आयोगको गठन भइसकेको अवस्थामा प्रहरीले केन्द्रिय सदस्य समेत रहेका साहलाई गिरफ्तार गरेकोप्रति आक्रोस व्यक्त गर्नुभयो ।
उहाँले गृहमन्त्री शक्ति बस्नेतको ठाडो आदेशमा नेता साहलाई पक्राउ गरि जेल चलान गरेको आरोप समेत लगाउनुभयो । उहाँले माओवादी जनयुद्धको समयमा तत्कालिन कमाण्डर रहेका वर्तमान गृहमन्त्री बस्नेतकै नेतृत्वमा सेनाको व्यारेकहरुमा अरुण साह समेतले हमला गरेको जिकिर गर्दै अहिले सोही गृहमन्त्रीले साहलाई पक्राउ गर्ने दिएको आदेश कतिको न्यायोचित रहेको भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो, “साहलाई प्रशासनले पक्राउ ग¥यो तर, भविष्यमा शक्ति बस्नेतमाथी पनि सोही आरोप लाग्न सक्छ ।”
यस्तै बिरोध सभामा नयाँ शक्ति नेपालका केन्द्रिय सचिवालय सदस्य छेदी यादव, लक्ष्मी चौधरी, सुर्य नारायण मण्डल, सप्तरी क्षेत्र नं. ३ का संयोजक प्रेम नारायण यादव, ४ का चन्द्रदेव मण्डल, ६ का संजय पाल लगायतका बक्ताहरुले द्वन्द्वकालिन मुद्दालाई ब्युत्याएर सरकारले मुलुकमा अर्को द्वन्द्वको अवस्था सृजना गर्न लागेको चेतावनी समेत दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ