News Category 2073/02/26
नयाँ शक्ति नेपालका जिल्ला संयोजक साहको रिहाइको माग गर्दै प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २५ जेठ ।
नयाँ शक्ति नेपालका सप्तरी जिल्ला संयोजक अरुण कुमार साहलाई स्थानिय प्रशासनले द्वन्द्वकालिन मुद्दामा पक्राउ गरेको विराधमा मंगलबार राजविराजमा विरोध प्रदर्शन गरिएको छ ।
नयाँ शक्ति नेपाल सप्तरीका संयोजक अरुण कुमार साह अनिललाई प्रहरीले आइतबार सप्तरीको रायपुर गाविसस्थित उनकै घरबाट गिरप्mतार गरेको थियो । उनलाई सोमबार अदालतमा हाजिर गराई जेल चलान गरिएको छ ।
सोही बिरोधमा नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्ताहरुले मंगलबार राजविराजस्थित जनआन्दोलन चौकमा संयोजक साहलाई रिहाईको माग गर्दै बिरोध प्रदर्शन तथा सभा गरेका छन् ।
बिरोध सभामा नयाँ शक्ति नेपालका केन्द्रिय सचिवालय सदस्य रामरिझन यादवले द्वन्द्वकालीन मुद्दाको समाधानका लागि सत्य निरोपन तथा मेलमिलाप आयोगको गठन भइसकेको अवस्थामा प्रहरीले केन्द्रिय सदस्य समेत रहेका साहलाई गिरफ्तार गरेकोप्रति आक्रोस व्यक्त गर्नुभयो ।
उहाँले गृहमन्त्री शक्ति बस्नेतको ठाडो आदेशमा नेता साहलाई पक्राउ गरि जेल चलान गरेको आरोप समेत लगाउनुभयो । उहाँले माओवादी जनयुद्धको समयमा तत्कालिन कमाण्डर रहेका वर्तमान गृहमन्त्री बस्नेतकै नेतृत्वमा सेनाको व्यारेकहरुमा अरुण साह समेतले हमला गरेको जिकिर गर्दै अहिले सोही गृहमन्त्रीले साहलाई पक्राउ गर्ने दिएको आदेश कतिको न्यायोचित रहेको भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो, “साहलाई प्रशासनले पक्राउ ग¥यो तर, भविष्यमा शक्ति बस्नेतमाथी पनि सोही आरोप लाग्न सक्छ ।”
यस्तै बिरोध सभामा नयाँ शक्ति नेपालका केन्द्रिय सचिवालय सदस्य छेदी यादव, लक्ष्मी चौधरी, सुर्य नारायण मण्डल, सप्तरी क्षेत्र नं. ३ का संयोजक प्रेम नारायण यादव, ४ का चन्द्रदेव मण्डल, ६ का संजय पाल लगायतका बक्ताहरुले द्वन्द्वकालिन मुद्दालाई ब्युत्याएर सरकारले मुलुकमा अर्को द्वन्द्वको अवस्था सृजना गर्न लागेको चेतावनी समेत दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/03/20 भारदह अस्पताल “शहीद राजीव रामकृष्ण प्रादेशिक अस्पताल” मा परिणत हुने
- 2081/03/20 ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा मिडिया कक्ष स्थापना
- 2081/03/17 काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
- 2081/03/17 प्रेस युनियनद्वारा महासंघमा धर्ना
- 2081/03/17 पशुपालनतर्फ बिना ब्याज ५० प्रतिशतसम्म ऋण दिने ब्यवस्था छ ः अध्यक्ष मण्डल
- 2081/03/15 युवाहरुले सडकमै धान रोपे
- 2081/03/15 मन्सापुरमा धान दिवस मनाइयो
- 2081/03/15 प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी
- 2081/03/14 ६ महिनाको अवधीमा सप्तरीमा दुई महिलासहित ९ जनाको हत्या
- 2081/03/13 जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ