News Category 2073/02/27
हतियारसहित पक्राउ परेका कहाँका हुन् ?
दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
सप्तरीको झुटकी गाविसबाट हतियारसहित पक्राउ परेका व्यक्ति कहाँका हुन भन्ने बारेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबै अन्यौलमा परेका छन् ।
सशस्त्र प्रहरीले सो व्यक्ति भारतीय रहेको भन्दै संचारकर्मीलाई जानकारी दिएको छ भने नेपाल प्रहरीले सप्तरीको रायपुर गविस वडा नं. १ बस्ने रमेश भन्ने कामेश्वर यादव रहेको बताएको छ ।
यसअघि सशस्त्र प्रहरीले झुट्की गाविस ९ स्थित पाचि खोलाको किनारामा बिशेष सुराकीको आधारमा सशस्त्र प्रहरीले भारतको मधुवनी महादेवा जिल्ला बस्ने ३५ बर्षीय रमेश यादवलाई हतियारसहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका यादवको साथबाट मेड इन युएसए लेखिएको सिक्सर पेस्तोल एक थान, सोमा प्रयोग हुने तीन थान गोली, मोबाइलसहित एनसेल र भारतीय सीमकार्ड समेत बरामद गरिएको जनाएको छ ।
सशस्त्र प्रहरी बल विओपी बनैनियाँ दन्तकाली गणबाट खटेको संयुक्त टोलिले चेक प्वाईन्ट थापि चेक जाँच गर्ने क्रममा यादवलाई हतियारसहित पक्राउ गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजले जानकारी दिएको छ ।
यस्तै नेपाल प्रहरीले भने सोही स्थानबाट पक्राउ परेका सप्तरीको रायपुर गविस वडा नं. १ बस्ने रमेश भन्ने कामेश्वर यादव भएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ