News Category 2073/02/27
पोखरी खन्ने विवादमा दुई पक्षबीच कुटाकुट, एक दर्जन घाइते
दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
सप्तरीको फर्सैठ गाविसमा बुधबार पोखरी खन्ने विवादमा दुई पक्षबीच कुटाकुट हुँदा एक दर्जन बढी स्थानियहरु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
फर्सेठ गाविस वडा नम्बर २ स्थित निम्न माध्यमिक विद्यालय प्राङ्गणमा रहेको पोखरी पुर्ननिर्माणको काम शुरु गर्ने समयमा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।
एक पक्षले काम शुरु गरेपनि अर्काे पक्षले आफूहरुसँग पनि सहमति गरेर काम अगाडि बढाउनुपर्ने बताउँदा बताउँदै सोही क्रममा दुबै पक्षबीच बादविवाद बढ्दै जाँदा कुटपिट भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा परी वडा नम्बर ४ का सरयुग यादव, राजकुमार यादव, रामाशिष यादव, धिरेन्द्र यादव, वडा नम्बर २ का रामु यादव, जगदेव मण्डल, वडा नम्बर १ का रामेश्वर यादव, शम्भु यादव, वडा नम्बर ३ का सुनिल कुमार यादव, भोला यादव, मोती यादव, मुक्ति यादव, छोटेलाल यादवसहितका घाइते भएका छन् ।
यता कुटपिटमा परी रामेश्वर यादव र सुनिल कुमार यादव गम्भीर घाइते भएका छन् । दुबै घाइतेलाई उपचारका लागि वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने बाँकीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सप्तरी क्षेत्र नम्बर ३ का साँसद तथा सिंचाई मन्त्रीले पोखरी पुर्ननिर्माणका लागि रु पाँच लाख उपलब्ध गराउनु भएको थियो । पाँच लाख रुपैयाँले पोखरी पुर्ननिर्माणको काम बुधबारदेखि शुरु गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ