News Category 2073/02/30
नागरिकको सुरक्षाका लागि सुरक्षाकर्मी सक्रिय रहेको प्रहरीको दाबी
दैनिक समाचारदाता
राजविराज, २९ जेठ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाको सम्पूर्ण नागरिक तथा उद्योगी व्यवसायीहरुको सुरक्षाका लागि सुरक्षाकर्मी सक्रिय रहेको दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा शनिबार बिहान आयोजित उद्योगी व्यवसायीहरुसँग सुरक्षा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक भिम ढकालले जिल्लाका नागरिकहरुका लागि प्रहरीको ४८ युनिटबाट सुरक्षाको प्रत्याभूति गराइरहेको जानकारी दिनुभयो ।
उहाँले जिल्लामा प्रहरीको साधन श्रोत कम भएपनि प्रहरीले सादा पोशाकमा, मोटरसाइकल गस्ति, पैदल गस्ति, गाडी गस्ति, चेकजाँच जस्ता सुरक्षा सन्यन्त्रमार्फत नागरिकहरुलाई सुरक्षा दिन लागिपरेको जानकारी दिनुभयो । यस्तै अदालतबाट विभिन्न अपराधिक मुद्दामा कैद भुक्तानको आदेश दिएका मध्ये ९५ फरार अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरिसकेको बताउँदै प्रहरी उपरिक्षक ढकालले ६ जनालाई हतियारसहित पक्राउ गरेको बताउनुभयो । त्यस्तै तस्करीको सामानहरुबाट ६६ लाख बढी रकम राजशव समेत असुल गरेको उल्लेख गर्नुभयो ।
सोही अन्तरक्रियामा उद्योगि व्यवसायीहरुले जिल्लामा बढ्दो असुरक्षा तथा प्रहरीबाट विभिन्न बहानामा व्यापारीहरुलाई दिइने दुःख, सामानहरु पक्राउ, बढ्दो चोरीप्रति लगायत गुनासो समेत व्यक्त गरेका थिए ।
सोही अन्तरक्रियाबाटै सप्तरी जिल्लास्थित उद्योगी व्यवसायी र प्रहरी बिचको सम्बन्ध, समन्वय र सहकार्य अझ राम्रो र प्रभावकारी बनाउदै लैजाने, उद्योगी व्यवसायी र प्रहरी निरन्तर सम्पर्कमा रहने एवम् उद्योगी व्यवसायी विरुद्ध कुनै अपराध हुने संकेत लक्षण वा समस्या देखिएमा तत्काल प्रहरीलाई पुर्व जानकारी गराउने एवम् प्रहरीले पनि तत्काल चभकउयलकभ गर्ने रहेको छ ।
त्यसैगरि आगामी दिनहरुमा उद्योगी व्यवसायीको सुरक्षा प्रभावकारी बनाउन प्रहरी र उद्योगी व्यवसायी बीच सचेतना कार्यक्रम गर्ने तथा सुरक्षा मजबुत बनाउन अन्य प्राविधिक र भौतिक पुर्वाधार विकास गर्न सहकार्य गर्ने र राजविराज नगरमा जथाभावी पार्किङ, छाडा गाईवस्तु, सडक पेटी अतिक्रमण विषयमा सम्बन्धित सरोकारबाला निकायबिच तत्काल बैठक गरी काम गर्ने चार बुँदे सुरक्षा सम्बन्धि निर्णय समेत गरिएको छ ।
प्रहरी उपरीक्षक ढकालको अध्यक्षतामा आयोजित अन्तरक्रियामा उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान लगायत विभिन्न उद्योगी व्यवसायी, यातायात व्यवसायी, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ