News Category 2073/02/31
“सुनौला हजार दिन आयोजना” तीन वर्षमा पहिलो पटक अभिमूखिकरण, पकरी र पटेर्वामा अनियमितता
दैनिक समाचारदाता
राजवविराज, ३० जेठ ।
विगत तीन वर्षदेखी सप्तरीमा सञ्चालित ‘सुनौला हजार दिन’ कार्यक्रमको उद्देश्य बारे आइतबार पहिलो पटक अन्तरक्रिया गरिएको छ ।
पहिलो पटक संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समन्वयमा जिविस सप्तरीले आईतवार ‘जिल्लास्तरीय अभिमूखिकरण कार्यक्रम’ आयोजना गरेको छ ।
उक्त अभिमूखिकरण कार्यक्रममा मन्त्रालयका पोषणविद्द्वय धनञ्जय पौडेल र इन्द्र भु्जेलले कार्यक्रमबारे विस्तृत जानकारी गराउनु भएको थियो । सहभागी सञ्चारकर्मी र राजनीतिकर्मीबाट आयोजनाबारे दर्जनौं गुनासा पाएका मन्त्रालयका अधिकारीहरुले आगामी दिनमा कार्यक्रमलाई प्रभावकारिताकासाथ अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा सप्तरी संयोजक रमेश यादवले चालू आर्थिक वर्षमा दुई गाविसमा कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।
सप्तरीको पकरी र पटेर्वा गाविसमा गठन भएको समितिहरुमा आर्थिक अनियमितता भएपछि तत्कालकालागि कार्यक्रम स्थगित गरेको आयोजनाका संयोजक यादवले जानकारी दिनुभयो ।
यस्तै सप्तरीको धनगढी गाविसको केही वडा पनि आर्थिक अनियमितता भएको छ । संयोजक यादवका अनुसार तिलाठीसहितका केही गाविसहरुमा पेश्की फस्र्यौट नभएकै कारण चालू आर्थिक वर्षमा आयोजना सुरु हुन नसक्ने अवस्था छ ।
राष्ट्रिय योजना आयोगले बहुपक्षीय पोषण कार्यक्रम अन्तर्गत सुनौला हजार दिन आयोजना पनि सञ्चालनमा ल्याएको हो । यो कार्यक्रममा गर्भवती महिला र बालबालिकालाई बढी लक्षित गरिएको छ । महिला गर्भवती भएदेखी जन्मिएको बच्चाको दुई वर्ष सम्मको अवधीलाई सुनौला हजार दिन भनिन्छ । हजार दिने यो अवधीमा नवजात शिशु र गर्भवती महिलालाई कुपोषणबाट जोगाउन पोषण युक्त आहार खानु पर्ने, सरसफाईमा ध्यान दिनु पर्ने जस्ता विषयहरु बारे जानकारी गराइन्छ ।
तीन वर्षदेखी आयोजना सुरु भएपनि लक्ष्य भने अझ प्राप्त हुन नसकेको अभिमूखीकरणमा सहभागि भएका राजनीतिकर्मी तथा संचारकर्मीले गुनासो व्यक्त गरे । जिल्लाको २९ गाविसमा संचालन गर्नु पर्ने यस कार्यक्रमका लागि करिब १२ करोड रकम छुट्टयाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ