News Category 2073/02/32
जिल्लाको नौ स्थानमा शालिक निर्माण हुने ः मधेशी मोर्चा सप्तरी
दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
मधेशी मोर्चा सप्तरीले आन्दोलनका क्रममा शहादत प्राप्त ब्यक्तिहरुको नाममा जिल्लाको विभिन्न स्थानमा नौ वटा शालिक निर्माण गर्ने जनाएको छ ।
मोर्चाका जिल्ला संयोजक गजेन्द्र कुमार मण्डलले सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिदै जारी मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका ६ जना र विगतका आन्दोलनहरुमा ज्यान गुमाएका ३ जना गरी ९ जनाको शालिक निर्माण गरिने जानकारी दिनुभयो ।
मधेश आन्दोलन ३ का क्रममा शहादत प्राप्त गरेका भारदहका राजिव राउत, रामकृष्ण राउत, डाढाका बिरेन्द्र राम, जमुनी मधेपुराका नागेश्वर यादव, शिवशंकर दास र राजविराज ३ का दिलिप साह तथा जनआन्दोलनका क्रममा शहिद भएका दशन यादव, २०६२÷०६३ को मधेश आनदोलनमा प्रहरीको गोली लागी मृत्यु भएका गुल्टेन दास र ऋतिक रोशन काण्डका खुशीलाल यादवको शालिक निर्माण गर्ने लागिएको उहाँले जानकारी दिनुभयो ।
संयोजक मण्डलले सो प्रत्येक शालिक निर्माण वापत रु. २ लाखको दरले गरी रु. १८ लाख रुपैयाँ जिल्ला विकास समिति सप्तरीबाट बजेट छुट्याईएको जनाउँदै शालिक जिल्लाको विभिन्न स्थानमा निर्माण गरिने बताउनुभयो ।
त्यस्तै संयोजक मण्डलले मधेश आन्दोलन ३ का क्रममा गम्भिर घाईते भएका श्रवण झा, भुवनेश्वर मण्डल बेलचन र रघु साफी तथा आन्दोलनकै क्रममा मृत्यु भएका बिरेन्द्र रामका परिवार, राजिव राउतकी पत्नी र नागेश्वर यादवकी पत्नीलाई रोजगारीका लागि जिल्ला विकास समितिमा पहल गरिरहेको बताउनु भयो ।
सोही पत्रकार सम्मेलनमा जिल्लाकै पुरानो रुपनी गाईघाट सडक खण्डलाई दुई लेनको सडक विस्तारका लागि मोर्चाको पहलमा रु.१ करोड रुपैयाँ जिल्लाको ६ वटै संसदीय क्षेत्र विकास कोषको बजेटबाट छुटयाईएको र सो कार्यका लागि टेण्डर समेत आह्वान गरिसकेको बताउनुभयो ।
यसैगरी मधेशी मोर्चा सप्तरीले मधेश आन्दोलन ३ मा १० लाख ९४ हजार ३ सय रुपैयाँ विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुबाट संकल्न गरेको तथा १२ लाख ७३ हजार ६ सय ६० रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।
सोही पत्रकार सम्मेलनमा संयोजक मण्डलले मोर्चाको बैठकबाट मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादवलाई सोमबारदेखि संयोजकको रुपमा चयन गरिएको निर्णय सार्वजनिक गर्नुभयो । यस्तै संघिय गठबन्धनको आन्दोलनलाई मधेशी मोर्चा सप्तरीले आत्मसात गर्दै आन्दोलन गर्ने जनाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ