News Category 2073/02/32
जिल्लाको नौ स्थानमा शालिक निर्माण हुने ः मधेशी मोर्चा सप्तरी
दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
मधेशी मोर्चा सप्तरीले आन्दोलनका क्रममा शहादत प्राप्त ब्यक्तिहरुको नाममा जिल्लाको विभिन्न स्थानमा नौ वटा शालिक निर्माण गर्ने जनाएको छ ।
मोर्चाका जिल्ला संयोजक गजेन्द्र कुमार मण्डलले सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिदै जारी मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका ६ जना र विगतका आन्दोलनहरुमा ज्यान गुमाएका ३ जना गरी ९ जनाको शालिक निर्माण गरिने जानकारी दिनुभयो ।
मधेश आन्दोलन ३ का क्रममा शहादत प्राप्त गरेका भारदहका राजिव राउत, रामकृष्ण राउत, डाढाका बिरेन्द्र राम, जमुनी मधेपुराका नागेश्वर यादव, शिवशंकर दास र राजविराज ३ का दिलिप साह तथा जनआन्दोलनका क्रममा शहिद भएका दशन यादव, २०६२÷०६३ को मधेश आनदोलनमा प्रहरीको गोली लागी मृत्यु भएका गुल्टेन दास र ऋतिक रोशन काण्डका खुशीलाल यादवको शालिक निर्माण गर्ने लागिएको उहाँले जानकारी दिनुभयो ।
संयोजक मण्डलले सो प्रत्येक शालिक निर्माण वापत रु. २ लाखको दरले गरी रु. १८ लाख रुपैयाँ जिल्ला विकास समिति सप्तरीबाट बजेट छुट्याईएको जनाउँदै शालिक जिल्लाको विभिन्न स्थानमा निर्माण गरिने बताउनुभयो ।
त्यस्तै संयोजक मण्डलले मधेश आन्दोलन ३ का क्रममा गम्भिर घाईते भएका श्रवण झा, भुवनेश्वर मण्डल बेलचन र रघु साफी तथा आन्दोलनकै क्रममा मृत्यु भएका बिरेन्द्र रामका परिवार, राजिव राउतकी पत्नी र नागेश्वर यादवकी पत्नीलाई रोजगारीका लागि जिल्ला विकास समितिमा पहल गरिरहेको बताउनु भयो ।
सोही पत्रकार सम्मेलनमा जिल्लाकै पुरानो रुपनी गाईघाट सडक खण्डलाई दुई लेनको सडक विस्तारका लागि मोर्चाको पहलमा रु.१ करोड रुपैयाँ जिल्लाको ६ वटै संसदीय क्षेत्र विकास कोषको बजेटबाट छुटयाईएको र सो कार्यका लागि टेण्डर समेत आह्वान गरिसकेको बताउनुभयो ।
यसैगरी मधेशी मोर्चा सप्तरीले मधेश आन्दोलन ३ मा १० लाख ९४ हजार ३ सय रुपैयाँ विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुबाट संकल्न गरेको तथा १२ लाख ७३ हजार ६ सय ६० रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।
सोही पत्रकार सम्मेलनमा संयोजक मण्डलले मोर्चाको बैठकबाट मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादवलाई सोमबारदेखि संयोजकको रुपमा चयन गरिएको निर्णय सार्वजनिक गर्नुभयो । यस्तै संघिय गठबन्धनको आन्दोलनलाई मधेशी मोर्चा सप्तरीले आत्मसात गर्दै आन्दोलन गर्ने जनाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ