News Category 2073/03/01
शक्तिशाली कुकर बम बिस्फोट
दैनिक समाचारदाता
राजविराज, ३२ जेठ ।
सप्तरी सदरमुकाम राजविराज वडा नं. ६ स्थित खैरसाल टोलमा मंगलबार दिउँसो एउटा शक्तिशाली कुकर बम विस्फोट भएको छ । बिस्फोटका कारण कुनै मानविय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।
राजविराज ६ निवासी लक्ष्मी देवी श्रेष्ठको घरको पर्खाल छेउमा सो कुकर बम विस्फोट भएको स्थानियहरुले बताएका छन् । स्थानियका अनुसार बम विस्फोट भएपछि भुकम्प आए झैं घरहरु थर्किएको र विस्फोट भएको स्थानबाट धुँवाको मुस्लो समेत निस्केको थियो ।
बम विस्फोटका कारण छेउछाउका केही घरहरुको झ्यालका सिसा चर्किएको स्थानियहरुले बताएका छन् । विस्फोट भएको स्थानबाट प्रेसर कुकरका टुक्रा, त्यसमा प्रयोग गरिएको तार र चप्पल समेत फेला परेको सप्तरीका प्रहरी प्रमुख भिम ढकालले जानकारी दिनुभयो ।
विस्फोट लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको एक टोली त्यहा पुगेर अनुसन्धान थालेको छ । विस्फोट भएपछि त्यहाका स्थानियहरुमा डर र त्रास फैलिएको छ ।
यसैबीच जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका अध्यक्ष जयकृष्ण गोइतले सो बम विस्फोट गराएको एक विज्ञप्ति प्रकाशित गरि जिम्मा लिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ