News Category 2073/03/04
ट्रेड यूनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमबीच शुक्रबार सपथ ग्रहण गराइएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा आयोजित एक कार्यक्रमबीच निर्वाचन अधिकृत हरि कुमार पोखरेलले निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभयो ।
जेठ १९ गते सम्पन्न निर्वाचनबाट सप्तरीमा नेपाल मधेशी निजामती कर्मचारी मञ्चले १ सय ९१ मत प्राप्त गरी पहिलो स्थान प्राप्त गरेको थियो ।
सोही अनुसार कर्मचारी मञ्चका जिल्ला अध्यक्षमा अजय कुमार झालाई चयन गरिएको छ भने सचिवमा छोटेलाल यादव, सहसचिवमा महेश कुमार यादव, कोषाध्यक्षमा मनोज कुमार यादव तथा सदस्यहरुमा राजकुमार झा, बेचन सढोक यादव, अनिल रेग्मी, पंचम सिंह, शंकर कुमार मगर र दीपराज अधिकारी चयन हुनु भएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको उपस्थितिमा आयोजित कार्यक्रममा उहाँले कर्मचारीहरुले सहज र सुलभ तरिकाबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
पेशागत हकहित भन्दा माथी उठेर सेवाग्राहीलाई सेवा प्रदान गर्नु नै कर्मचारीहरुको पहिलो धर्म भएको उहाँले उल्लेख गर्नुभयो ।
सो कार्यक्रममा सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, संचारकर्मी तथा ट्रेड युनियनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यसअघि सम्पन्न निर्वाचनमा सप्तरीमा निजामती कर्मचारी संगठन निजामतीले १ सय ४६ मत, राष्ट्रिय कर्मचारी मिलन केन्द्रले ९४ मत, नेपाल निजामती कर्मचारी युनियन ७५ मत र राष्ट्रिय कर्मचारी संगठनले ३ मत प्राप्त गरेका थिए ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही र नवलपरासीमा मधेशी निजामती कर्मचारी मञ्चले विजयी हासिल गरेको छ ।
यसैगरि देशभरमै निजामती कर्मचारीको सम्पन्न आधिकारिक टे«ड युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठन पहिलो भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ