News Category 2073/03/06
पहिलो खेलमा बिराटनगरको बिजयी सुरुवात
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
दोश्रो मदन आश्रित राष्ट्रिय टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आइतबार होराइजन क्रिकेट एकेडेमी बिराटनगरले बिजयी सुरुवात गरेको छ ।
सम्पन्न ग्रुप ‘ए’ अन्तर्गतको पहिलो खेलमा होराइजन क्रिकेट एकेडेमी बिराटनगरले आयोजक टिम सप्तरी ११ लाई ७ विकेटले पराजित गरेको हो ।
वर्षाले खेल ढिला सुरु भएपछि २० ओभरको खेल १४ ओभरमा सीमित भएको थियो । टस जितेर सप्तरी ११ ले पहिलो ब्याटिंग रोज्दै ५ विकेटको नोक्सानीमा ९२ रन स्कोर बनाएको थियो ।
जसका लागि धिरज दासले सर्बाधिक ३२ रन बनाएका थिए । जसमा १ चौका र ३ छक्का प्रहार समावेश थियो । यस्तै गुनानन्द रोयले १७ तथा अविनाश कर्णले १६ रन योगदान दिए ।
यता बलिंग तर्फ होराइजनका कप्तान पुष्प थापाले ३ विकेट हात पार्ने क्रममा २१ रन खर्चेका थिए भने मनोज मण्डलले १ विकेट हात पारे ।
प्रतिउत्तरमा ब्याटिंग गरेको होराइजन क्रिकेट एकेडेमीले १२.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अंकित सुबेदीले ३४ रन ४ चौका र १ छक्काको मद्दतले बनाएका थिए । यस्तै अमित श्रेष्ठले २२ तथा मिनाश थापाले अविजित १३ रन योगदान दिए । सप्तरी ११ को लागि उपेन्द्र रोयले ३ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच होराइजन क्रिकेट एकेडेमीका पुष्प थापा घोषित भए ।
पहिलो खेल पछि अंक तालिकाको समूह ‘ए’ मा होराइजन क्रिकेट एकेडेमी २ अंकका साथ पहिलो स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार हुने पहिलो खेल होराइजन क्रिकेट एकेडेमी बिराटनगर बिरुद्ध नेपाल पुलिस क्लब बीच हुनेछ भने दोश्रो खेल होराइजन क्रिकेट एकेडेमी बुटवल बिरुद्ध जनकपुरबीच हुनेछ ।
यसअघि प्रतियोगिताको उद्धघाटन एमाले युवा नेता महेश बस्नेत र एमाले पुर्वान्चल इन्चार्ज परशुराम बस्नेतले बलिंग र ब्याटिंग गर्दै उद्धघाटन गर्नुभएको थियो ।
आइतबार राजविराजमा वर्षा भएपछि स्थानिय राजरंगशालामा पानी जमेका कारण खेल राजविराजस्थित राजदेवी क्रिकेट मैदानमा खेलाइएको थियो ।
लिगकम नक आउट फर्म्याटमा खेलाईएको प्रतियोगिताको फाईनल खेल ९ गते सम्पन्न हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ