News Category 2073/03/06
पहिलो खेलमा बिराटनगरको बिजयी सुरुवात
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
दोश्रो मदन आश्रित राष्ट्रिय टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आइतबार होराइजन क्रिकेट एकेडेमी बिराटनगरले बिजयी सुरुवात गरेको छ ।
सम्पन्न ग्रुप ‘ए’ अन्तर्गतको पहिलो खेलमा होराइजन क्रिकेट एकेडेमी बिराटनगरले आयोजक टिम सप्तरी ११ लाई ७ विकेटले पराजित गरेको हो ।
वर्षाले खेल ढिला सुरु भएपछि २० ओभरको खेल १४ ओभरमा सीमित भएको थियो । टस जितेर सप्तरी ११ ले पहिलो ब्याटिंग रोज्दै ५ विकेटको नोक्सानीमा ९२ रन स्कोर बनाएको थियो ।
जसका लागि धिरज दासले सर्बाधिक ३२ रन बनाएका थिए । जसमा १ चौका र ३ छक्का प्रहार समावेश थियो । यस्तै गुनानन्द रोयले १७ तथा अविनाश कर्णले १६ रन योगदान दिए ।
यता बलिंग तर्फ होराइजनका कप्तान पुष्प थापाले ३ विकेट हात पार्ने क्रममा २१ रन खर्चेका थिए भने मनोज मण्डलले १ विकेट हात पारे ।
प्रतिउत्तरमा ब्याटिंग गरेको होराइजन क्रिकेट एकेडेमीले १२.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अंकित सुबेदीले ३४ रन ४ चौका र १ छक्काको मद्दतले बनाएका थिए । यस्तै अमित श्रेष्ठले २२ तथा मिनाश थापाले अविजित १३ रन योगदान दिए । सप्तरी ११ को लागि उपेन्द्र रोयले ३ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच होराइजन क्रिकेट एकेडेमीका पुष्प थापा घोषित भए ।
पहिलो खेल पछि अंक तालिकाको समूह ‘ए’ मा होराइजन क्रिकेट एकेडेमी २ अंकका साथ पहिलो स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार हुने पहिलो खेल होराइजन क्रिकेट एकेडेमी बिराटनगर बिरुद्ध नेपाल पुलिस क्लब बीच हुनेछ भने दोश्रो खेल होराइजन क्रिकेट एकेडेमी बुटवल बिरुद्ध जनकपुरबीच हुनेछ ।
यसअघि प्रतियोगिताको उद्धघाटन एमाले युवा नेता महेश बस्नेत र एमाले पुर्वान्चल इन्चार्ज परशुराम बस्नेतले बलिंग र ब्याटिंग गर्दै उद्धघाटन गर्नुभएको थियो ।
आइतबार राजविराजमा वर्षा भएपछि स्थानिय राजरंगशालामा पानी जमेका कारण खेल राजविराजस्थित राजदेवी क्रिकेट मैदानमा खेलाइएको थियो ।
लिगकम नक आउट फर्म्याटमा खेलाईएको प्रतियोगिताको फाईनल खेल ९ गते सम्पन्न हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/03/20 भारदह अस्पताल “शहीद राजीव रामकृष्ण प्रादेशिक अस्पताल” मा परिणत हुने
- 2081/03/20 ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा मिडिया कक्ष स्थापना
- 2081/03/17 काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
- 2081/03/17 प्रेस युनियनद्वारा महासंघमा धर्ना
- 2081/03/17 पशुपालनतर्फ बिना ब्याज ५० प्रतिशतसम्म ऋण दिने ब्यवस्था छ ः अध्यक्ष मण्डल
- 2081/03/15 युवाहरुले सडकमै धान रोपे
- 2081/03/15 मन्सापुरमा धान दिवस मनाइयो
- 2081/03/15 प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी
- 2081/03/14 ६ महिनाको अवधीमा सप्तरीमा दुई महिलासहित ९ जनाको हत्या
- 2081/03/13 जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ