News Category 2073/03/09
अनेरास्ववियुद्वारा क्याम्पस प्रमुखलाई २२ बुँदे ज्ञापन
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
त्रिविको तलब भत्ता खाएर आप्mनो जिम्मेवारी बहन नगर्ने शिक्षक र कर्मचारीहरुलाई कारवाही गर्नुपर्ने लगायतका विभिन्न २२ बुँदे मागसहित अनेरास्ववियु क्याम्पस कमिटिले बुधबार मविव क्याम्पस राजविराजका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
विद्यार्थी संगठनहरुलाई अनिवार्य रुपमा क्याम्पसकोे हरेक निर्णय प्रक्रियामा सहभागि गराउनुपर्ने, सरस्वति मन्दिर, कभर्डहल र खेल मैदनाको स्टेज निर्माणको बाँकी काम पुरा गर्न एक सात्ता भित्रमा काम शुरु गर्नुपर्ने, क्याम्पसको आन्तरिक श्रोतबाट संचालित रहेको बि.एड. एक वर्षे र चार वर्षे, एम.वि.एस., एम.एड. र वि.एस्सी माईक्रो बाईलोजीतर्फ लिई राखेको शुल्कलाई समायोजन गरी व्यवहारिक बनाउनुपर्ने मागसहित अनेरास्ववियुले ज्ञापन बुझाएको हो ।
अनेरास्ववियुका मविव क्याम्पस कमिटि अध्यक्ष राजिव रञ्जन झाद्वारा हस्ताक्षरित ज्ञापनमा सहायक क्याम्पस प्रमुख, विद्यार्थी कल्याण प्रम्ुख, शिक्षक लगायत क्याम्पसका सम्पुर्ण कर्मचारी समयमा नआईरहेकोले पठन पाठन र विद्यार्थीहरुको प्रशासनिक कामकाजमा देखिएको समस्या निराकरण गर्न समयमा नआउने शिक्षक कर्मचारी लगायतका हाजिरी कट गर्नुपर्ने लगायतका मागहरु अघि सारिएको छ ।
बुझाइएको ज्ञापनमा परीक्षालाई स्वच्छ, मर्यादित र व्यवस्थित रुपमा संचालन गर्नुपर्ने, लाईब्रेरीमा उपलब्ध रहेका पुस्तकहरुको बारेमा सुचना मार्फत जानकारी गराउनुपर्ने तथा सिलेवस अनुसार उपलब्ध नरहेका पुस्तकहरु यथाशिघ्र उपलबध गराउनुपर्ने, कर्मचारी अभावका कारणले विद्यार्थीहरुको कामकाजमा ढिलाई भईरहेकोले क्याम्पसमा रिक्त दरबन्दी अनुसार अनुसार कर्मचारी नियुक्त गर्नुपर्ने, पठन पाठन चुस्त दुरुस्त बनाउन अनुगमन समिति बनाई अनुगमन गराउनुपर्ने, आन्तरिक श्रोतबाट संचालित बि.एड.र एम.एड.तर्फको टिचिङ्ग प्राक्टिस र थेसिस वापतको शुल्क लेखा शाखा मार्फत लिनुपर्ने व्यवस्था गर्नुपर्ने लगायतका मागहरु अघि सारीएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ