News Category 2073/03/11
वर्षाको पानी घरमा छिरेको भन्दै चक्काजाम, राजविराज कुनौली सडक अवरुद्ध त्रियुगा नदीमा आएको बाढीले सयौ घर डुबानमा
दैनिक समाचारदाता
राजविराज, १० असार ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिका ९ का बासिन्दाहरु वर्षाको पानी घरमा छिरेको भन्दै चक्काजाम गरेका छन् ।
शुक्रबार बिहानैदेखी उनीहरु राजविराज हनुमाननगर भारदह सडकखण्ड अबरुद्ध पारेपछि सो सडक भएर आवत जावत गर्ने कठिनाई भएको छ ।
लगातार एक हप्तादेखी अत्यधिक वर्षापछि राजविराज ९ तेतरीगाछी चोकदेखि दक्षिणतर्फको बस्ती जलमग्न छ । घर भित्र पानी पसेपछि स्थानीयले खाना पकाउन समस्या भएको छ ।
व्यारेक टोल विकास संस्थाका अध्यक्ष भुपेश भुपका अनुसार सो क्षेत्रमा वर्षाको पानी निकास तथा ढल र नालाको व्यवस्था नहुँदा सामान्य वर्षामा समेत उक्त क्षेत्रका घरहरु डुबानमा पर्नजान्छ ।
यता नगरपालिकाले पानी निकासको उचित व्यवस्था नगरेको स्थानीयको गुनासो छ । यसैबीच खाडो खोलामा आएको बाढीले निर्माणाधीन पुल बगाएपछि बुधबारदेखी सदरमुकाम राजविराज कुनौली सडक ठप्प भएको छ ।
सो सडक खण्ड अवरुद्ध भएकै कारणले त्यस भेगका बरही बिरपुर, बिषहरिया, लौनिया, तिलाठी, सकरपुरा, रम्पुरा मल्हनिया सहितका गाविसका स्थानीयबासीहरु आवत जावतमा निकै समस्या खेप्नुपरिरहेको छ ।
त्यस्तै पूर्वी पहाडी जिल्लामा लगातार परेको वर्षाले त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिकाको अधिकांश घर डुबानमा परेका छन् ।
नदीमा आएको बाढीबाट सप्तकोसी नगरपालिकाको वडा नं १, २, ३, ४ र ५ सहित अन्य वडामा पानी पसेर घरहरू डुबानमा परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अहिले सो वडाका मानिसको घरमा पानी पसेपछि पक्का घर भएकाहरूको छतमा र फुसको घर भएकाहरूले बाँधमा बस्न बाध्य भएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।
साथै उक्त ठाउँको सडकमा पानी पानी भएपछि केही यातायातका साधन अवरुद्ध भएको बताइएको छ
यस्तै सप्तरी र सिरहाको बीचमा पर्ने बलान खेलमा आएको बाढीले त्यस आसपासका दर्जन घर डुबानमा परेका छन् ।
त्यसैगरी लगातारको बर्षाका कारणले जुडी नदीमा आएको बाढीले कविलासा गाविस वडा न. ५ का करिब एक दर्जन घर डुबानमा परेको स्थानीय युवा नेता जीवन कुमार यादवले जानकारी दिनुभयो ।
त्यस्तै सो नदीमा आएको बाढीका कारणले त्यहाँका स्थानीयबासीहरुलाई दिनहुँ उक्त सडक खण्ड भएर आवत जावतमा निकै समस्या खेप्नुपरीरहेको स्थानीयबासीहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ