News Category 2073/03/19
गठबन्धनको आह्वानमा मधेशी मोर्चाद्वारा रिले अनसन सुरु
राजविराज÷संघिय गठबन्धनको आह्वानमा मधेशी मोर्चा सप्तरीले राजविराजस्थित सहिद दशन चौकमा शनिबारदेखि रिले अनसन शुरु गरेको छ ।
मधेशलगायत आदिवासी, जनजाती एवम् शोषित उत्पीडित जनताको व्यापक सहभागितामा जारी राजधानी केन्द्रित शान्तिपूर्ण आन्दोलनलाई राज्यपक्षले बेवास्ता गरेपछि जिल्लाहरु समेत आन्दोलित भएको मधेशी मोर्चाका पुर्व संयोजक एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
काठमाण्डौको खुलामञ्चमा गठबन्धनले निरन्तर रिले अनसन जारी राख्दा पनि शान्तिपूर्ण आन्दोलनलाई उपेक्षा गरेको भन्दै गठबन्धनको पूर्व घोषित कार्यक्रम अनुसार सप्तरी जिल्लामा समेत मधेशी मोर्चा सप्तरीले रिले अनशनलाई निरन्तरता दिएको मोर्चाका जिल्ला अध्यक्ष नरेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार “मधेश आन्दोलनलाई निर्णायक बनाउनकालागि जिल्ला स्थित विभिन्न दलहरुको सहभागितामा गठित मधेशी मोर्चाले संघर्षका कार्यक्रमलाई अगाडि बढाएका छौं ।”
सोे रिले अनसनमा मधेशी मोर्चा सप्तरीका संयोजक नरेन्द्र यादव, मोर्चाका पुर्व संयोजक एवं सदभावना पार्टीका अध्यक्ष सुनिलकुमार झा, पुर्व संयोजक एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष गजेन्द्र मण्डल, नेपाल सदभावना पार्टीका अध्यक्ष अमरनाथ मण्डल, तराई मधेश सदभावना पार्टीका अध्यक्ष कपिलदेव यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला कोषाध्यक्ष विरेन्द्र साह र संघिय समाजवादी फोरम नेपालका विद्यार्थी नेता तारकेश्वर यादवलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको मोर्चाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ