News Category 2073/03/19
गठबन्धनको आह्वानमा मधेशी मोर्चाद्वारा रिले अनसन सुरु
राजविराज÷संघिय गठबन्धनको आह्वानमा मधेशी मोर्चा सप्तरीले राजविराजस्थित सहिद दशन चौकमा शनिबारदेखि रिले अनसन शुरु गरेको छ ।
मधेशलगायत आदिवासी, जनजाती एवम् शोषित उत्पीडित जनताको व्यापक सहभागितामा जारी राजधानी केन्द्रित शान्तिपूर्ण आन्दोलनलाई राज्यपक्षले बेवास्ता गरेपछि जिल्लाहरु समेत आन्दोलित भएको मधेशी मोर्चाका पुर्व संयोजक एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
काठमाण्डौको खुलामञ्चमा गठबन्धनले निरन्तर रिले अनसन जारी राख्दा पनि शान्तिपूर्ण आन्दोलनलाई उपेक्षा गरेको भन्दै गठबन्धनको पूर्व घोषित कार्यक्रम अनुसार सप्तरी जिल्लामा समेत मधेशी मोर्चा सप्तरीले रिले अनशनलाई निरन्तरता दिएको मोर्चाका जिल्ला अध्यक्ष नरेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार “मधेश आन्दोलनलाई निर्णायक बनाउनकालागि जिल्ला स्थित विभिन्न दलहरुको सहभागितामा गठित मधेशी मोर्चाले संघर्षका कार्यक्रमलाई अगाडि बढाएका छौं ।”
सोे रिले अनसनमा मधेशी मोर्चा सप्तरीका संयोजक नरेन्द्र यादव, मोर्चाका पुर्व संयोजक एवं सदभावना पार्टीका अध्यक्ष सुनिलकुमार झा, पुर्व संयोजक एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष गजेन्द्र मण्डल, नेपाल सदभावना पार्टीका अध्यक्ष अमरनाथ मण्डल, तराई मधेश सदभावना पार्टीका अध्यक्ष कपिलदेव यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला कोषाध्यक्ष विरेन्द्र साह र संघिय समाजवादी फोरम नेपालका विद्यार्थी नेता तारकेश्वर यादवलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको मोर्चाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ