News Category 2073/03/19
१९ जनाले मृगौला दान गर्ने मञ्जुरी दिए
राजविराज÷राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य मृगौला शिविरको अवसरमा पत्रकार, प्रहरी, स्वास्थ्यकर्मीसहित १९ जनाले मृगौला दान गर्ने मञ्जुरी दिएका छन् ।
यसरी मन्जुरी दिनेमा पत्रकार मनोहर कुमार पोखरेल, उपेन्द्र नारायण मेहता, हेल्थ असिस्टेन्ट रामकुमार दियाली, जिल्ला प्रहरी कार्यालयका हेमबहादुर लिङ्गदेन मोती बहादुर खडका र रन्जना भुजेल, एमाले नेता मन्जु साह, रामखेलावन साह, बुचीदेबी झा, चन्द्रभुषण बर्मा, रामपुकार महतो, बसन्त यादव, रबीन्द्र कुमार साह, रामकुमार साह, राजेन्द्र साह, बिशाल मिश्र, रुपेश पासवान, किरण चौधरी र जयकिसुसन साह रहेका छन् । मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध) ऐन, २०५५ मा अंग दान गर्न सकिने व्यवस्था छ ।
यस्तै सो शिविरमा मृगौला परीक्षण गराउने तीन सय ६० जनामध्ये सात जनाको मृगौला कामै नलाग्ने फेला परेको डा. कल्पना श्रेष्ठले बताइन् । सप्तरीमा सात जनामा मृगौला रोग र ३५ प्रतिशतमा पत्थरी देखा परेको छ ।
सांसद रन्जु झाको संसदीय विकास कोषबाट बिहान १० बजेदेखी पाँच बजेसम्म निशुल्क शिविर सञ्चालन भएको थियो । मृगौला रोगको शीघ्र पहिचान तथा समयमै त्यसको निदान नै मृगौला स्वस्थ्य राख्ने मन्त्रालय मन्त्र भएकोले शिविरको आयोजना गरिएको सांसद रन्जु झाले बताइन् । सांसद झाले बर्तमान सरकारले निश७३घढसल्क मृगौलाको डाइलाईसीस सेवा सुरु गरेको जानकारी दिदै अञ्चल अस्पताल राजविराजबाट पनि मृगौलाको डाइलाईसीस सेवा सञ्चालन गर्न पहल गर्ने बताइन् ।
शिविरमा डा. लक्ष्मण सिंह, डा. प्रविण झा, डा. रबीन श्रेष्ठ, प्रत्यारोपण कोर्डिनेटर दिपिका उपाध्याय, फार्मासिस्ट अनिल श्रेष्ठ, फिजियोथेरापिस्ट गौरव पन्थ, ल्याब टेकिनसियन बालकृष्ण अवालसहित १५ जनाको टोलीले मृगौला सम्बन्धी सबै चेकजाँच गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ