News Category 2073/03/20
पूर्वमेयर सिंहको निधन
दैनिक समाचारदाता
राजविराज, १९ असार ।
राजविराज नगरपालिकाका पूर्वमेयर राजविराज ९ निवासी श्याम किशोर सिंहको शनिबार राति असामयिक निधन भएको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टीका नगर अध्यक्ष समेत रहनु भएका सिंह विगत केही समय ह्दयघातबाट पीडित रहनुभएको थियो । उहाँको शनिबार राति ६५ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो ।
यसैबिच सिंहको पार्थिक शरीरमा तमलोपाका क्षेत्रिय अध्यक्ष महेन्द्र खंग खत्वे, रंजित झा, वैजनाथ दास, सफिद मन्सुरी, मालती सदा, रामानन्द ठाकुर र सुकदेव चौधरी सहितकाहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
सिंहको आईतबार अन्त्येष्टि गरिएको परिवारजनले जानकारी दिएका छन् । स्व. सिंहको दुई छोरा, एक छोरी र श्रीमती रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ