News Category 2073/03/22
विद्युत नपुगेपछि सोलारकै भरमा रात बिताउँदै
दैनिक समाचारदाता
राजविराज, २१ असार ।
सप्तरीको कविलासा गाविस वडा न. ८ र ९ मधुबनी टोलका स्थानीय बासिन्दाहरुले अझै विद्युतको मुख हेर्न पाएका छैनन् ।
नेपाल सरकारले प्रत्येक घरमा खानेपानी, विद्युत, सिंचाई पु¥याउने लक्ष्य लिएपनि सप्तरीको कविलासा गाविस वडा न. ८ र ९ मधुवनी टोलका स्थानीयबासीहरुलाई अझै विद्युतको मुख हेर्ने अवसर पाएका छैनन् ।
कविलासा गाविस वडा न. ८ र ९ मधुवनी टोलका करिब दुई सय घरपविार विद्युत नहुँदा सोलारकै भरमा जिवन बिताउँदै आएका छन ।
सो गाविसको वडा न. १, २, ३, ४, ५, ६ र ७ मा विद्युत पुगेपनि वडा न. ८ र ९ मधुवनी बासीहरुको घरमा अझै विद्युत पुग्न नसकेको स्थानीयबासीहरु बताउँछन । स्थानीयहरुका अनुसार मधुवनी टोलमा विद्युतको पोल र तार जडान भएको करिब ५ वर्ष बितेपनि आफुहरुले विद्युतको मुख हेर्न नपाएको स्थानीय सागर चौधरीले बताउनुभयो ।
उहाँका अनुसार आफुहरुले अझै विद्युतको मुख हेर्न नपाएकोमा चिन्ता ब्यक्त गर्दै विद्युतको आशमा आफुहरुको सपना सपना नै हुने भएको बताउनुहुन्छ । मधुवनीबासीहरुले विद्युतको मुख हेर्न नपाएकोमा त्यसको विकल्पमा स्थानीयवासीहरुले सोलारकै भरमा राति बिताउादै आएका छन ।
स्थानीयबासीहरुले छिमेकी भारतको लोकहीबाट ५ देखि ५० हजार सम्ममा सोलार ल्याएर सोलारकै भरमा जिवनयापन गर्दै आएका छन् । सोलारबाटै स्थानीयबासीहरुले विद्युत बति बाल्ने देखि पंखा, टिभी, रेडियो र मोवाईल चार्ज गर्ने गरेको स्थानीय दिलिप चौधरीको कथन छ । उहाँका अनुसार आफुहरु बर्षौको प्रतिक्षापछि पनि विद्युतको मुख हेर्न नपाएपछि बाध्य भएर छिमेकी भारतबाट सोलार ल्याएर राति बिताउँदै आएको बताउनुहुन्छ ।
यता सोलारकै भरमा आफुहरुको जिन्दगी निर्वाह गर्ने बानी बसेपनि आप्mनो गाउँमा विद्युत कहिले आउने भन्ने विषयमा अहिले सम्म न त नेपाल विद्युत प्राधिकरणकै ध्यान जान सकेको छ न त नेपाल सरकार तथा सम्बन्धित निकायकै ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ